२० हजार रुपैंया घुस लिँदै गर्दा पर्सामा नायब सुब्बा पक्राउ ।।
माघ २०–
घरेलु तथा साना उद्योग कार्यालय पर्साका नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज २० हजार रुपैंया घुस लिँदै गर्दा पक्राउ गरेको छ । उद्योग दर्ता तथा इजाजत शाखामा कार्यरत दुर्गामणी त्रिताललाई अख्तियार टोलीले घुस लिएको रकमसहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धानआयोग मध्यमाञ्चल कार्यालय हेटौंडाका रेशम बोहोराको नेतृत्वमा खटिएको टोलीले त्रिताललाई कार्यालयबाटै पक्राउ गरेको छ । बीरगञ्ज उपमहानगरपालिका वडा २७ रमगढवामा शनि प्लास्टिक उद्योग दर्ता गराउन उद्यमीसँग उनले २० हजार रुपैंया घुस मागेका थिए । दर्ता पक्रिया पुरा भएपश्चात उद्यमीले रकम दिएर गएका थिए ।

No comments: