"2513058968709111" /> स्वाइफ्लु रोकथामका लागि जाँचमा कडाइ गरिदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

स्वाइफ्लु रोकथामका लागि जाँचमा कडाइ गरिदै ।।

फाल्गुण १२–
स्वाइनफ्लुका बिरामी भेटिनेनेक्रमले तीब्रता पाएपछि सरकारले सीमा नाका र विमानस्थल क्षेत्रबाट आवतजावत गर्ने मानिसको स्वस्थ्य परिक्षणमा कडाइ गर्ने भएको छ । स्वाइनफ्लुका संक्रमितहरुको पहिचान र पूर्वसचेतनाका लागि सम्बिन्धीत निकाय र मातहतका विभागलाई निर्देशन दिइएको स्वास्थ्यमन्त्री खगराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वाइनफ्लुको नियन्त्रण र सचेतना जगाउनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिइएको छ । अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सीमानासँग जोडिएका नाकामा लेजर मेसिनबाट जाँच गर्ने, उपचारको व्यवस्था मिलाउने लगायतका कामलाई आजैबाट तीब्रता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो रोगबाट बच्नका लागि संयुक्त रुपमा प्रयास थाल्ने सहमति स्वास्थ्य र अर्थ मन्त्रालयका उच्च अधिकारीबीच भएको प्रधानमनत्री कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो । स्वाइन फ्लुबाट संक्रमित ५ जना काठमाडौंमा र थप २ जना पोखरामा भेटिएपछि सरकारले सक्रियता देखाएको हो । रोकथाम र पूर्व सचेतनाका लागि रकम अभाव हुन नदिन अर्थ मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिइसकेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.