"2513058968709111" /> धनकुटामा उत्पादित घिउ खपत भएन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

धनकुटामा उत्पादित घिउ खपत भएन ।।

फाल्गुण १२–
दुधसँगै घिउको उत्पादन बढे पनि खपत नहुँदा धनकुटाका किसानहरु मर्कामा परेका छन् । किसानहरुबाट संकलन गरेको दुधबाट उत्पादन गरिएको एकहजार किलो घिउ गोदाममै थन्किएको छ । धनकुटाको सिधुवा बजारमा सञ्चालित ओम दुग्ध परिकार उद्योगले आफूले उत्पादन गरेको ६ सय किलो घिउ बिक्री नभएको बताएको छ । उद्योगको सिधुवा, हिल र इटहरी बजारमा रहेको गोदाम राखेको घिउमा ढुसी नै पर्न थालेको उद्योग सञ्चालक काशीनाथ निरौलाले बताउनुभयो । स्थानीय दुग्ध किसान र उद्योगले उत्पादन गरेको घिउको मुल्य प्रतिकिलो ६ सयभन्दा बढी पर्छ । तर बजारमा सस्तो मुल्यको मिसावट घिउ विक्री वितरण भइरहेका कारण बिक्री नभएको किसानहरुले गुनासो गरेका छन् ।  बजारमा  प्रतिकिलो तीनसय ५० देखि चारसय रुपैयाँसम्म घिउ बिक्री भईरहेको छ । आयातित घिउले स्थानीयस्तरमा उत्पादित घिउलाई प्रतिस्थापन गर्न थालेपछि जिल्लाका उद्यमीहरु मर्कामा परेका हुन्  ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.