"2513058968709111" /> फोटो व्यवसाय प्रवद्र्धन सम्बन्धि तीनदिने तालिम बुर्तिबाङमा सम्पन्न ः गुणस्तरीय सेवा प्रदान गर्न वक्ताहरुको आग्रह।। - अनिश शर्मा गैरे
Breaking News
recent

फोटो व्यवसाय प्रवद्र्धन सम्बन्धि तीनदिने तालिम बुर्तिबाङमा सम्पन्न ः गुणस्तरीय सेवा प्रदान गर्न वक्ताहरुको आग्रह।।

फाल्गुण ०५–
एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले फोटो व्यवसायीले सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । फोटो व्यवसायीहरुको व्यवसायिक प्रबद्र्धनको लागि गत आइतबारदेखि सुरु भएको  तीन दिने तालिमको समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै कँुवरले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागु गरि गुणस्तरीय सेवा प्रदान आग्रह गर्नुभएको हो ।
त्यस्तैै समापन कार्यक्रममा बोल्दै राष्ट्रिय फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रशिक्षक  किरण आचार्यले पेशासंगै समाजलाई सुसुचित गर्ने भरपर्दो माध्यम फोटो भएकोले यसको महत्वमा व्यवसायसंग सम्ंबन्धित निकाय गम्भिर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै बागलुङ फोटो व्यवसायी संघका सदस्य तथा इकाइ समिती बुर्तिबाङका सचिव राम सुबेदीले व्यवसाय संग सेवा पनि संगै जोडिएको हुँदा आउने दिनमा गुणस्तरीय सेवा प्रदान गर्न फोटो व्यवसायी समिती जिम्मेबार बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागलुङ फोटो व्यवसायी संघका जिल्ला सदस्य डिलबहादुर सेर्वुजा तथा राष्ट्रिय फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य किरण आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बागलुङ फोटो व्यवसायी समितीका प्रतिनीधि तथा प्रशिक्षक शोभाखर पाठक , प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका प्रमुख सिजन भट्टचन , एकीकृत सेवा केन्द्र बुर्तिबाङका नायव सुब्बा नन्दराम भुषाल , नेपाली कांग्रेसका रामबहादुर कँुवर , नेकपा एमालेका ज्ञानप्रसाद कँडेल , एनेकपा माओबादीका चन्द्रलाल अर्याल , बुर्तिबाङ गाउँ विकास समितीका सचिव पदमलाल भुषाल , बुर्तिबाङ यातायात व्यवसायी समितीका महासचिव नरहरी भुषाल, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रतिनीधि धनबहादुर महत, महिला समन्वय समितीका अध्यक्ष दुर्गादेवी घर्तिमगर , सामुदायिक रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनार  तथा सामुदायिक रेडियो परिवर्तनका छविलाल पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
यसैविच बागलुङ फोटो व्यवसायी संघ इकाई समिती बुर्तिबाङको दोश्रो अधिबेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेसनले तेजिन्द्र केसीको अध्यक्षतामा २ सदस्य पछि थप गर्ने गरि ७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । कार्यक्रमका विशेष अतिथी तथा बागलुङ फोटो व्यवसायी संघ जिल्ला समितीका सहसचिव डिलबहादुर सेर्वुजाको विशेष उपस्थितीमा अधिबेशन सम्पन्न भएको  बताइएको छ ।
जसको उपाध्यक्षमा नरबहादुर केसी , सचिवमा राम सुवेदी , सहसचिवमा दर्शन कुँवर र कोषाध्यक्षमा भवन्द्र बराल चयन हुनुभएको छ । त्यस्तै समितीको सल्लाहकारमा बागलुङ फोटो व्यवसायी समिती बागलुङका सहसचिव डिलबहादुर सेर्वुजा रहनुभएको छ । कार्यक्रममा नगर विकास समितीका अध्यक्ष तुलसीराम अर्यालले नव निर्वाचित कार्यसमितीलाई शुभकामना दिँदै गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभएको थियो ।
अधिबेसन सम्पन्न भएसंगै गत आइतबारदेखिे फोटो व्यवसायीहरुको व्यवसायिक प्रबद्र्धनको लागि सुरु भएको  तीन दिने तालिम पनि सम्पन्न भएको छ  ।  फोटो व्यवसायी संघ जिल्ला समिती बागलुङको प्राविधिक सहयोग र इकाई समिती बुर्तिबाङको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा बुर्तिबाङक्षेत्रका फोटो ब्यावसायिहरुको सहभागिता रहेको थियो । तालिममा राष्ट्रिय फोटो. पत्रकार महासंघका केन्द्रिय सदस्य किरण आर्चाय र बाग्लुङ फोटो ब्यावसायि समितिका प्रतिनिधी शोभाखर पाठकले प्रशिक्षण दिनुभएको थियो ।
इकाइ समितीका अध्यक्ष तेजिन्द्र केसीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन सचिव राम सुवेदीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.