बुर्तिबाङ यातायात व्यवसायी समितीद्धारा पत्रकार सहुलियत परिचयपत्र वितरण ।।
फाल्गुण ०५–
बुर्तिबाङ यातायात व्यवसायी समितीले जिल्लामा क्रियासिल पत्रकारहरुलाई यातयात पत्रकार सहुलियत परिचय पत्र पद्रान गरेको छ । समितीले संचार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल टेलिभिजनका बागलुङ सम्बाददाता किरण आचार्य , गोरखापत्र दैनिकका बागलुङ सम्बाददाता गणेश पौडेल र सामुदायिक रेडियो परिवर्तनका स्टेसन म्यानेजर राम सुवेदीलाई उक्त यातायात पत्रकार सहुलियत परिचयपत्र प्रदान गरेको हो ।
समितीका महासचिव नरहरी भृुषालले पत्रकारलाई परिचयपत्र प्रदान गर्दै जिल्लामा क्रियासिल संचारकर्मीको रुपमा काम गर्दै आएका पत्रकारलाई रिपोर्टिङमा आवत जावत गर्न सहज होस भन्ने हेतुले उक्त परिचयपत्र प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा कार्यरत क्रियाशिल १५ जना पत्रकारहरुलाई यस्तो परिचयपत्र प्रदान गरिने समितीले निर्णय गरेको छ ।
यसरी जिल्लाको पश्चिम क्षेत्रमा स्थापना भएको यातायात व्यवसायी समितीले पत्रकारलाई यात्रामा सहज हुने गरि परिचयपत्र दिएकोमा समितीलाई धन्यबाद दिँदै जिल्लामा पहिलो पटक यातायात व्यवसायीले पत्रकारका लागि सहुलियत परिचयपत्र वितरण गरि महत्वपूर्ण काम गरेको नेपाल टेलिभिजनका बागलुङ सम्बाददाता एवम् पत्रकार किरण आचार्यले बताउनुभयो ।
समितीले क्रियाशिल मिडियाका एक पत्रकारलाई सम्बन्धित सञ्चार गृहको सिफारिस सहित पठाएमा उक्त परिचय पत्र सहज रुपमा दिलाईने बताएको छ ।

No comments: