"2513058968709111" /> बुर्तिबाङ महिला समुहद्धारा उत्पादित च्याउको एक कार्यक्रमका विच प्रदर्शनी ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बुर्तिबाङ महिला समुहद्धारा उत्पादित च्याउको एक कार्यक्रमका विच प्रदर्शनी ।।

फाल्गुण ०५–
बुर्तिबाङमा महिला समुहद्धारा उत्पादित च्याउको आज एक कार्यक्रमका विचमा प्रदर्शनी गरिएको छ ।
उत्तरगंगा सामुदायिक अध्ययन केन्द्र बुर्तिबाङद्धारा सञ्चालित नवसाक्षर तथा द्धण्द्धपीडित र एकल महिलाका लागि १ महिने तालिममा सहभागी महिलाहरुको समुहले उक्त च्याउ खेती उत्पादन गरेको हो । महिला समन्वय समिती बुर्तिबाङको भवनको एक कोठामा उत्पादन गरिएको उक्त च्याउ खेतीलाई एक कार्यक्रमको आयोजना गरि प्रदर्शनी गरिएको छ ।
उक्त च्याउ प्रदर्शनी कार्यक्रममा सामुदायिक अध्यन केन्द्रका अध्यक्ष तुलसीराम अर्यालको अध्यक्षता र एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी कुँवरले बुर्तिबाङ क्षेत्रमा च्याउ खेतीको महत्वपूर्ण आवश्यकता रहेको बताउँदै महिला दिदीबहिनीहरुले गरेको यस प्रकारको उल्लेखनीय कार्यप्रति धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा कृषि कार्यलय बुर्तिबाङ शाखाकी प्रमुख एवं प्रशिक्षक इन्द्रमायाँ तामाङ , श्रोत व्यक्ति थपप्रसाद छन्त्याल , महिला समन्वय समितिकी सदस्य कमला अर्याल , उत्तरगंगा उच्च माध्यमिक विद्यालयका इश्वरी पौडेल , रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बुर्तिबाङ गाविस सचिव पदमलाल भुषाल , महिला भवन निर्माण समितीकी अध्यक्ष बेलकुमारी विक , रेडियो ढोरपाटनका प्रतिनीधि छविलाल पाण्डे , उत्तरगंगा सामुदायिक अध्ययन केन्द्रकी सदस्य तेजकुमारी घर्ति लगायत महिला समुहका सदस्य तथा सहभागीहरुको उपस्थिती रहेको थियो ।
उत्तरुगंगा सामुदायिक अध्ययन केन्द्रका सदस्य तथा समाजसेवी जीतबहादुर बोहराको स्वगत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन केन्द्रकी सामाजिक परिचालिका धनमाँया घर्तिले गर्नुभएको थिया

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.