"2513058968709111" /> तलव नपाउँदा शिक्षकहरुको बिचल्ली ।। - अनिश शर्मा गैरे
Breaking News
recent

तलव नपाउँदा शिक्षकहरुको बिचल्ली ।।

फाल्गुण १४–


जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले शिक्षकहरुको चौमासीक तलव निकासा नगर्दा शिक्षकहरु समस्यामा परेका छन् । दशैअघि तलव पाएका शिक्षहरु त्यसपछि तलव नपाउँदा मर्कामा परेका हुन् । जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले यस अघिका बर्षहरुका हिउँदे बिदा हुनु अघि अर्थात पुस १५ अघिनै शिक्षकको तलव निकासा गर्ने गरे पनि यस बर्ष अहिलेसम्म पनि निकासा नदिएको शिक्षकहरुको गुनासो छ । छेस्काम उच्च माविका प्राचार्य गुरुप्रसाद राई तलव निकासा गर्न २ दिन हिडेर सदरमुकाम आए पनि कहिले पाइनछ भन्ने कुनै ठेगान नभएको बताउनु हुन्छ । सोलुखुम्बुमा ३ सय भन्दा बढि शिक्षकहरु जिल्ला बाहिरका छन् । शिक्षकहरुलाई तलव निकासा गर्न ढिला भएको जिल्ला शिक्षा कार्यालयले पनि स्वीकार गरेको छ । शिक्षकहरुको समस्यालाई ध्यान दिदै आफूहरुले प्रक्रिया अघि बढाइरहेको जिल्ला शिक्षा अधिकारी वीर बहादुर खड्काले बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.