"2513058968709111" /> पत्रकार बस्नेतलाई ज्यान मार्ने धम्की ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पत्रकार बस्नेतलाई ज्यान मार्ने धम्की ।।

फाल्गुण १४–
समाचारको बिषयलाई लिएर रेडियो स्वर्गद्धारीकर्मी देवेन्द्र बस्नेतलाई ज्यान मार्ने धम्की आएको छ । नागरिक दैनिकका दाङ संवाददाता समेत रहेका बस्नेत माथी लालमटियाका घनश्याम रिजाल नाम वताउने एक व्यक्तिले टेलिफोन गरेर ज्यान लिने धम्की दिएका हुन् । बस्नेतले लालमटिया ८ स्थित ऐलानी बस्तीको बारेमा ‘कठ्ठामा बेचिन्छ चुरे’ शिर्षकको समाचार नागरिक दैनिकका लागि लेख्नु भएको थियो । बस्तीलाई चुरेमा किन राखेको भन्दै घनश्यामले गत १२ गते बेलुका बस्नेतलाई ज्यानै लिने धम्की दिएका हुन् । रिजालकै  असन्तुष्टि सहित नागरिक दैनिकमै समाचार खण्डन समेत प्रकाशित भैसके पनि घनश्यामले पछि पुनः ज्यान लिने धम्की दिँदै बाँच्ने मन भए सुध्रिन भन्दै चेतावनी दिएका थिए ।
यसैबीच प्रेस युनियन दाङका सचिव समेत रहेका बस्नेतलाई दिईएको ज्यान मार्ने धम्कीको नेपाल प्रेस युनियन दाङले निन्दा गरेको छ । युनियनका जिल्ला अध्यक्ष सुशील बस्नेत र उपाध्यक्ष बसुन्धरा गौतमले विज्ञप्ती प्रकाशित गरि युनियनका सचिब बस्नेतलाई दिईएको ज्यान मार्ने धम्कीको निन्दा गर्नुभएको हो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.