"2513058968709111" /> अटो मेकानिक्स गुल्मीमा कडेल - अनिश शर्मा गैरे
Breaking News
recent

अटो मेकानिक्स गुल्मीमा कडेल

फाल्गुण ०२–
नेपाल अटो मेकानिक्स ट्रेड य्नियन गुल्मीको प्रथम जिल्ला अधिबेशन सम्पन भएको छ । अधिबेशनले इश्वरी प्रसाद कडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितीको चयन गरेको छ । जसको उपाध्यक्षमा सम्भु किरण ठकुरी सचिव लक्ष्मण बजाडे, सह सचिव मोती प्रसाद श्रेष्ठ, र कोषाध्यक्षमा भेषराज पन्थी रहनु भएको छ । जिल्लाको हर्दिेनेटा गाविसको चोयगा मन्दिरमा शनिवार सम्पन्न पहिलो अधिबेशनले चक्र राणा, बिक्रम सुनार, कमल विसी,लक्ष्मण श्रेष्ठ, केशव भट्टराई र झवि श्रेष्ठलाई सदस्यमा निर्वाचित गरेको छ । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष जिवन अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न अधिबेशनमा नेपाल अटो मेकानिक्स ट्रेड युनियन रुपन्देहीका सचिव लक्ष्मण भण्डारी, प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष शिबलाल सुबेदीको बिषेश आथित्यता रहेको थियो । कार्यक्रममा गुल्मी यातायात समितीका उपाध्यक्ष रमेश श्रीस, रेसुङ्गा यातायात समितीका हरि मरासिनी लगायतको उपस्थिती रहेको थियो । साथै अधिबेशनले केशव मरासिनीको सयोजकत्वमा सल्लाहाकार कमिटीको पनि गठन गरेको छ । जसको सदस्यहरुमा बाबुराम कडेल, कमल श्रेष्ठ, नारायाण जीसी, माधव केसी र बाबुलाल पन्थी रहनु भएको छ भने जिल्ला शाखाको प्रेस सल्लाहाकारमा पत्रकार शिबलाल सुबेदी रहनु भएको छ । कार्यक्रममा जिल्लाभरका अटो मेकानिक्स, पार्टस बिक्रेताहरु गरि १ सय भन्दा बढीको सहभागीता रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.