"2513058968709111" /> भिमगिठेबाट १ किलो ५ सय ग्राम चरेश सहित २ युवा पक्राउ ।। - अनिश शर्मा गैरे
Breaking News
recent

भिमगिठेबाट १ किलो ५ सय ग्राम चरेश सहित २ युवा पक्राउ ।।

prasanta gharti, baglung
फाल्गुण १२–
बागलुङको भिमगिठेमा १ किलो ५ सय ग्राम अबैध लागु औषध चरेस सहित दुइ जना युवा पक्राउ परेका छन् । भिमगिठे प्रहरी चौकीको टोलीले गत आइतबावर बेलुकी ५ ः४५ को समयमा निसी गाउँ विकास समिती वडा नं ५ का २४ बर्षीय सुर्यबहादुर बुढामगर र सोही स्थानकै २८ बर्षीय कुमबहादुर घर्तिमगरलाई पक्राउ गरेको हो ।
अभियुक्त दुवैजना लु ८ प ३८९१ नम्बर प्लेट भएको मोटरसाइकलमा जाँदै गर्दा पक्राउ परेका हुन । सुराकीको आधारमा लाइसेन्स चेकजाँच गर्दा उनीहरुको झोलामा लुकाएर राखेको अवस्थामा उक्त परिणाममा अवैध लागु आषध भेटिएको हो । यसरी उनीहरुको साथमा चरेश भेटिएपछि इलाका प्रहरी कार्यालय बुतिबाङको विशेष टोलीले उनीहरुको घरमा नै पुगेर खानतलाशी गरिएको थियो तर थप चरेस नभेटिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा उनीहरु पहिलेदेखि नै अबैध लागु औषधको कारोबारमा सक्रिय रहेको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुृख युवराज चौधरीले बताउनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.