"2513058968709111" /> नेकपा एमाले गुल्मी क्षेत्र नम्बर ३ को अधिबेशन आउँदो फागुन २ र २४ गते सम्पन्न हुँने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेकपा एमाले गुल्मी क्षेत्र नम्बर ३ को अधिबेशन आउँदो फागुन २ र २४ गते सम्पन्न हुँने ।।

माघ ११–
नेकपा एमाले क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन फागुन २३ र २४ गते हुने भएको छ । नेकपा एमाले क्षेत्र नम्बर ३ गुल्मीको आयोजनामा आज सम्पन्न भएको १२ नम्बर ईलाकाको भेलाको अवसरमा उक्त जानकारी गराईएको हो । भेलालले पार्टीको संगठन सुदृढीकरण अभियान संचालन गर्ने र जैसिथोकमा सम्पन्न हुने क्षेत्रीय अधिवेशनमा गाउँकमिटिबाट प्रतिनिधि छनौट गर्न फागुन १६ गते प्रत्येक गाउँ कमिटि भेला गर्ने निर्णय गरेको छ । त्यस्तै भेलाले फागुनको दोस्रो हप्ता भीत्र सबै गाउँमा सदस्य नविकरण, संगठन विस्तार, पार्टी कार्यकर्तालाई उत्पादन मुलक काममा प्रोत्साहन लगायतका काम गर्ने निर्णय गरेको छ । क्षेत्रीय सदस्य हरिप्रसाद भट्टराईको अध्यक्षता रहेको भेलामा क्षेत्र नम्बर ३ का ईन्चार्ज लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा तेस्रो निर्बाचन क्षेत्रीय अधिवेशन आयोजक समितिका संयोजक नरेश भण्डारीको विशेष आतिथ्यता रहेको थियो । साथै भेलामा क्षेत्रीय सदस्य भीमप्रसाद भट्टराई, धनबहादुर खत्री, रामप्रसाद भुसाल लगायतको आतिथ्यता रहेको थियो । सोही भोलले शेषकान्त गौतम संयोजक र भीमप्रसाद भट्टराई सचिव रहेको ईलाका संयन्त्र समेत गठन गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.