"2513058968709111" /> वामी सेबा समिति जापानको चौथो अबिधेशन सम्पन्न, नया कार्यसमितिको पुर्नगठन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामी सेबा समिति जापानको चौथो अबिधेशन सम्पन्न, नया कार्यसमितिको पुर्नगठन ।।

अनिश गैरे , वामी गुल्मी पौष १८
वामी सेबा समिति जापानको चौथो अधिबेशन बिहीबार सम्पन्न भएको छ । अधिबेशनले वामीको बिकासको लागी टिकाराम घिमिरेको सयाेंजकत्वमा २१ सदस्यीय चौथो कार्यसमितिको पुर्नगठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, हेमलाल सापकोटा, अर्जुन रायमाझी, सचिबमा गोकुल खत्री, सहसचीबमा टेक बहादुर भण्डारी, कोषध्यक्षमा बिष्णु प्रसाद सापकोटा, तथा सदस्यहरुमा कृष्ण घिमिरे, बिक्रम केसी, पुरन जीसी, हरि प्रसाद खराल, लेख बहादुर गैरे, निम कुमारी बिक, लक्ष्मण सापकोटा, नारायण सापकोटा, सुनील सापकोटा, पारस बोहोरा, जितेन्द्र केसी, पदम रायमाझी, रबीन कक्षपति, रहनुभएको छ । साथै महिला बिभाग तर्फ निमकुमारी बिकको सयाेंजकत्वमा ११ सदस्यीय कार्यसमिति मनोनीत गरी बिभागलाई पुर्णता दिईने समितिका सचिब गोकुल खत्रीले जानकारी दिनुभएको छ ।  त्यस्तै युबा बिभाग तर्फ कृष्ण घिमिरेको सयाेंजकत्वमा २० सदस्यीय कार्यसमिति चयन गरिने समेत उहाँले जानकारी दिनुभयो । साथै जेष्ठ अभिभाबहक परिषद तर्फ उमेर हदबन्दी हेरी मनोनीत गरिने तथा सल्लाहकार समिति कार्यसमितिले चयन गर्ने भएको छ । हाल सम्म आफ्नो गाँउ वामीमा बिभिन्न परोपकारी तथा कल्याणकारी कार्यहरु शिक्षा, स्वास्थ्य, बिभिन्न बिकास निर्माण, कला सस्ँकृतिका क्षेत्रहरुमा झण्डै एक करोड बराबरको सहयोग गरीसकेको यस सँस्थाले वामीलाई अझै समृद्ध बनाउनको लागी बिभिन्न कार्यहरु सञ्चालन गर्ने समेत निर्णय गरको छ । जसमा ब्यबसायीक कृषि, पशुपालन, स्वास्थ्य, तथा अन्य सभांबित क्षेत्रहरुको पहिचान गरी लगानी मैत्री बाताबरण बनाउने समेत निर्णय गरको सचिब खत्रीले बताउनु भयो । कार्यक्रममा बरिष्ठ कलाकारहरुको साथमा बृहत साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । समितिका निबर्तमान अध्यक्ष सुरेश केसीको सभापतित्व रहेको कार्यक्रममा वामी सेबा समिति जापानका बरिष्ठ सल्लाहकार तथा एनआरएन ओल्डका सदस्य रोशन केसीको प्रमुख आतिथ्यता तथा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक महेश श्रेष्ठको बिशेष आतित्थ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा म्याग्देली समाजका उपाध्यक्ष महेन्द्र बानीया, टिकारम खरेल लगायतको बिशेष उपस्थिती रहेको थियो । समिति का गोकुल खत्रीको स्वागत सँगै शूरु भएको कार्यक्रमको सञ्चालन दिलीप थापाले गर्नू भएको थियो । 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.