"2513058968709111" /> जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न ।।

माघ १२–
जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सोमबार प्रहरी कार्यलयमा गुल्मीले आफ्ना गतिबिधीहरुको बारेमा जानकारी गराउदै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको हो । पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख हिमालय श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा संगै प्रहरीले सञ्चालन गरेका बिभिन्न गितीबीधी तथा सेवाहरुको बारेमा सुझाव सल्लाहा लिनुभएको थियो । भेटघाटको क्रममा पत्रकारहरुले जिल्लामा प्रहरीको गतिबिधी समग्रमा राम्रो रहेको बताउदै सदरमुकाम तम्घास बजार क्षेत्रमा साना वालवालिकाहरुबाट चोरी गर्ने क्रम बढी रहेको यसलाई नियन्त्रण गर्नको लागी सबै पक्षले ध्यान दिनुपर्ने बताएका थिए । प्रहरीले गुल्मी जिल्लामा पछिल्लो समयमा प्रहरीले सवारी साधन चेकजाचँमा कडाइ गर्नुका साथै जिल्लाका कुनै पनि सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने, झै झगडा लगायतका गतिबिधीमा सलग्नहरुलाई समेत कारवाही प्रक्रिया शुरु गरेको छ । प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि आफ्ना गतिबिधीहरु बढाएसगै जिल्लामा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको छ । साथै प्रहरीले स–साना बालवालिकाहरुलाई प्रहरी भनेको शान्ति सुरक्षा कायम गर्ने कर्मचारी हुन भन्ने र साथीत्वको भावना विकास गर्नका लागि स्कुल कार्यक्रम पनि सञ्चालन गदै आएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा प्रहरी प्रमुख हिमालय श्रेष्ठ, प्रहरी निरिक्षक अम्बिका प्रसाद गुप्ता, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसल लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.