गुल्मीबाट पोखरा सिधा सबारी सञ्चालनको लागी पहल ।।
माघ १२–
पोखराबाट गुल्मीमा सिधा सबारी संचालनको लागि उद्योग बाणिज्य संघको सभाहल गुल्मीमा सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । सरोकारवालाहरुले पोखराबाट गुल्मीको सदरमुकाम तम्घासमा सिधै सबारी संचालन भएमा निकै सहज हुने समेत बताएका छन् । गुल्मी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र प्रसदा श्रेष्ठले पोखरबाट गुल्मीमा सबारी संचालन भएका गुल्मेलीलाई राहत मिल्ने बताउनुभयो । साथै उहाँले पोखराबाट गुल्मीमा सिधै सबारी संचालन भएमा गुल्मीको पर्यटनमा समेत टेवा पुग्ने बताउनुभयो । छलफलमा गुल्मेली समाज पोखराका प्रतिनिधि, पृथ्वी राजमार्ग यातायात समितिका प्रतिनिधि, नागरिक समाज, उद्योगी, यातायात ब्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । गुल्मेली समाज पोखराले गुल्मीमा सिधा सवारी संचालनको लागि पहल कदमी लिएको छ । अब निकट भविष्यमै पोखराबाट गुल्मीमा सबारी संचालनको तयारी भएको छ । उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले सकेसम्म महोत्सव भन्दा अगाडि देखिनै सबारी संचालनमा ल्याउन अनुरोध गरेका छन् । तर पृथ्वी यातायात समति, पश्चिम नेपाल वस ब्यवसायी समिति, रेसुङगा मिनि माईक्रो र गुल्मी यातायातका बिच कसले गाडी संचालन गर्ने भन्नेमा कुरो बल्झिने देखिएको छ । त्यसका लागि पनि अबको एक हप्तामै छलफलमा जुटेर ब्यवसायीहरुले निर्णय गर्ने गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताउनु भयो । गुल्मी बाट पोखरा २ सय किलोमिटर रहेको छ ।

No comments: