"2513058968709111" /> सामुदायिक रेडियो पुष्पाञ्जलीको कार्यक्रम पुष्पाञ्जली क्विजका एक कार्यक्रम बिच बिजेतालाई सम्मान ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सामुदायिक रेडियो पुष्पाञ्जलीको कार्यक्रम पुष्पाञ्जली क्विजका एक कार्यक्रम बिच बिजेतालाई सम्मान ।।

अनिश गैरे, वामी गुल्मी
माघ १२–
सामुदायिक रेडियो पुष्पाञ्जली बाट सञ्चालन हुने कार्यक्रम “पुष्पाञ्जली क्विज”मा बिजयी हुँने प्रतियोगीलाई आज सम्मान गरिएको छ । आज रेडियोमा एक कार्यक्रम गरी उहाँलाई सम्मान गरिएको हो । गुल्मी कुर्घा निबासी त्रिभुवन उमाबि कुर्घामा कक्षा ८मा अध्ययनरत बिद्यार्थी सुबास थापाले कार्यक्रममा सफलता प्राप्त गरेकोमा रु २ हजार बराबरको  बिशेष मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको यस “पुष्पाञ्जली क्विज” कार्यक्रमका प्रस्तोता तथा रेडियोका कार्यक्रम प्रमुख प्रकास घिमिरेले जानकारी दिनुभएको छ । प्रत्येक शुक्रबार र शनिबार प्रशारण हुने कार्यक्रमबाट एक महिना सम्मका कार्यक्रम बिजेताहरु बिच प्रतिस्पर्धाबाट उहाँ पौष महिनाको बिजयी हुन सफल हुनुभएको थियो ।
कायक्रमका बिशेष अतिथि तथा कार्यक्रम प्रायोजक कृतिका सुनचाँदी पसलका प्रोप्राईटर कमल बरालले कार्यक्रमलाई अझै सशक्त रुपमा अगि बढाउदै लैजान आग्रह गर्दै कार्यक्रमलाई सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको थियो । पुरस्कार ग्रहण गर्दे थापाले यस रेडियो छोटो समयमै स्रोताको मन जित्न सफल भएको भन्दै उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको थियो ।
साथै कार्यक्रमका सभापति तथा यस रेडियोका सञ्चालक समिति अध्यक्ष सुदर्शन शाक्यले कार्यक्रम प्रति शुभकामना ब्यक्त गर्दै यस कार्यक्रमले स्रोताहरुको बौ्िद्धक क्षेत्रमा गरेको सहयोगको खुलेर प्रशंशा गर्दैं कार्यक्रमलाई अझै ब्यबस्थित गर्दै लैजान आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा तनहुँ मन्दिरपुरका समाजसेबी मथुरा प्रधानको बिशेष आतिथ्यता, रेडियोका शियर तथा सञ्चालाक समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रेहको कार्यक्रमको सञ्चालन रेडियोका कार्यकारी प्रमुख कौरब खत्रीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.