"2513058968709111" /> मेगा बैँक ठगी प्रकरणका मुख्य योजनकार राजेन्द्र पाण्डेद्धारा प्रहरीमा आत्म समर्पण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मेगा बैँक ठगी प्रकरणका मुख्य योजनकार राजेन्द्र पाण्डेद्धारा प्रहरीमा आत्म समर्पण ।।

माघ १३–
मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकार राजेन्द्र पाण्डेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । नक्कली हस्ताक्षर गरी मेगा बैंकमा रहेको टुरिजम डेभलपमेन्ट बैंकको खाताबाट २ करोड ९ लाख बढी रुपैयाँ निकालेका उनी आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीले पाण्डे प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए । महानगरीय अपराध महाशाखाले गत शुक्रबार बैंकबाट ठगिएको रकमसहित प्रदीप पाण्डे, प्रविण पाण्डे र शम्भुबहादुर थापालाई पक्रेपछि मेगा बैंक ठगी प्रकरणमा बैंक म्यानेजरकै संलग्नता रहेको पुष्टि भएको थियो । धादिङ नलाङका पाण्डेको योजनामा मेगा बैंकको न्यूरोड शाखाबाट ०७० माघ १२ गते ९ लाख ९० हजार रुपैयाँ र १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट २ करोड रुपैयाँको चेक क्लियरिङ गरी जम्मा २ करोड ९ लाख ९० हजार रुपैयाँ निकालिएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.