सर्लाहीमा छुरा प्रहार गरि महिलाको हत्या ।।
माघ १३–
सर्लाही सदरमुकाम मलंगवामा आज छुरा प्रहार गरि एक महिलाको हत्या भएको छ । मलंगवा ५ बस्ने नुरहसन मिकरानीकी ३० वर्षीय श्रीमती खुशबुदा खातुन बेगमको अज्ञात व्यक्तिले छुरा प्रहारबाट हत्या भएको सर्लाहीका प्रहरी उपरीक्षक सुरेश बस्नेतले जानकारी दिनुभयो । आज बिहान ओछ्यानमै छुरा प्रहार गरि हत्या गरेको अवस्थामा खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खातुनका श्रीमान बैदेशिक रोजगारमा रहेका छन् ।यस्तै छिमेकीले ह्याम्मर प्रहार गर्दा सिन्धुपाल्चोकको भोताङ गाविस १ छिम्तीमा २३ बर्र्षीय एक युवकको ज्यान गएको छ । खानेपानीको पार्ईप काटिएको बिषयमा बिबाद भएपछि स्थानीय ५२ बर्षिय पेम्बा तामाङले टाउकोमा प्रहार गर्दा गम्भिर घाईते भएका राजुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै बाराको कलैया नगरपालिका ५ बस्ने मोतीलालप्रसाद साहका चार वर्षीय छोरा आशीषकुमार साहलाई गएराति अज्ञात व्यक्तिले अपहरण गरी हत्या गरेको छ । करिब १० बजे आमा छिमेकीको घरमा गएका मौका छोपी अज्ञात व्यक्तिले बालकको अपहरण गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको खोजी गर्ने क्रममा घरदेखि केही टाढा टाँगा स्टेन्डनिर गम्भीर घाइते र अचेत अवस्थामा फेला परेका बालकको उपचारका क्रममा वीरगन्ज उपक्षेत्रीय अस्पतालमा राति ११ बजे मृत्यु भएको हो । प्रहरीले अपराधीको खोजी गरिरहेको छ ।

No comments: