नेपाल टेलीकमले खनेको तम्घासको सडक पुनःनिर्माणमा ढिलाई
माघ ०९–
नेपाल टेलिकम गुल्मी शाखाको सेवालाई सुदृढ गर्ने भन्दै उसले खनेको तम्घासको पक्की सडक अहिले धुलो र हिलोले कुरुप बने पनि पुनःनिर्माणमा ढिलाई गरिएको छ । गत कार्तिक महिनामा टेलिफोन लाईनको अण्डरग्राउण्ड नेटवर्क विस्तारका लागि टेलिकम शाखा अगाडी देखि लाकुँरी मञ्च , पुरानो वजार हुँदै पुतली वजार सम्मको ५ सय मिटर लम्वाई र ६० सेन्टी मिटर चौडा पक्की सडक खनिएको थियो । त्यसरी बिछाएको अहिले चार पनि नाघि सक्दा पनि पनि टेलिकम शाखाले पिच नगरी माटोले मात्र पुरेर छाड्दा उक्त सडक कहिले हिलाम्मे त कहिले धुलाम्मे हुँदा मानिसहरुलाई आवत जावतमा समस्या हुनुका साथै तम्घास वजार नै कुरुप बनेको छ । उसले सडक खन्न सुरु गर्दै अगाडी बढ्ने र अन्तिम स्थान पुतली वजारमा पुग्न साथ सुरुको स्थानबाट पिच गर्न सुरु गर्ने रेसुङ्गा नगरपालिका संग सम्झौता गरे पनि अहिले सम्म काम नै सुरु गरिएको छैन् । त्यस विरुद्ध आज नेपाल पत्रकार महासंघ र गुल्मी उद्योग वाणिज्य संघको टोली नेपाल टेलिकम शाखाको ध्यानकृष्ट गराउन पुगेको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालको नेतृत्वमा पुगेको पत्रकारहरुको टोली र उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेको नेतृत्वमा पुगेका उद्योगी व्यवसायीहरुको टेलीले टेलिकम गुल्मी शाखा प्रमुख उमानाथ पोखरेललाई भेटी यथासिघ्र उक्त सडक पुनः निर्माण गर्न ताकेता गरेको थियो । ‘पटक पटक मौखिक रुपमा ताकेता गर्दै आएका थियो’– पत्रकार महासंघका अध्यक्ष भुसालले भने–‘ वेवास्ता गरेपछि लिखित रुपमैं उक्त सडक यथा सिघ्र पुनः निर्माण गर्नुहोस भन्न आएका छौं । ’ दोश्रो गुल्मी महोत्सव फागुन २२ वाट सुरु हुँदै छ तर त्यति सुन्दर सहर तम्घासलाई टेलिकमले सडक भत्काई दिएर कुरुप बनाएको छ अध्यक्ष भुसालले थपे–‘ गुल्मी महोत्सव सुरु हुनु अघि नै सडक पुनः निर्माण गरिनु प¥यो ।’ उद्योग वाणिज्य संघका अध्यक्ष पाण्डेले पनि तत्काल काम सुरु गर्न शाखा प्रमुख पोखरेललाई आग्राह गरेका छन् । ‘ काम सुरु गर्नु पुर्व रेसुङ्गा नगरपालिका संग के सम्झौता भएको थियो ? भन्ने प्रश्न गर्दै अध्यक्ष पाण्डेले भने– ‘ किन अहिले सम्म वेवास्ता गरेर वस्नु भएको छ । ’ उक्त सडक पिच नगरी दिदा आवत जावतमा समस्या सिर्जना भएको र गुल्मी महोत्सवका वेला यो सहर नै कुरुप हुने भएकोले तत्तकाल पिच गर्न पाण्डे सहित पुगेको टेलिले टेलिकमलाई ताकेता गरेको थियो । नेपाल टेलिकमको ध्यानकृष्ट गराउन गुल्मी उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु डिल्लीराज भुसाल, कृष्णप्रसाद भण्डारी , वर्तमान उपाध्यक्ष दुर्गप्रसाद पाण्डे, सचिव विरेन्द्र भुसाल, सदस्य चेतनारायण पाण्डे लगायत पुगेका थिए । त्यस्तै पत्रकारहरुको तर्फबाट पत्रकार महासंघका कोषाध्यक्ष अनिल खत्री, प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य प्रेम सुनार, प्रेस चौतारीका जिल्ला अध्यक्ष शिवलाल सुवेदी , पे्रस युनियनका सचिव विशाल भट्टराई लगायत पुगेका थिए ।

No comments: