गुल्मीको ईलाका स्तरिय गोष्ठी कहाँ कहिले ?
माघ ०९–
जिल्ला विकास समितिको सभाहलमा आज वसेको राजनैतिक सयन्त्रको वैठकले गुल्मी जिल्लाका १३ वटै ईलाका स्तरिय योजना तर्जुमा गोष्ठीको मिति र स्थान तय गरेको छ । स्थानिय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षतामा वसेको बैठकले माघ १८ गते देखि २१ गते सम्ममा सवै ईलाका स्तरिय गोष्ठी सक्ने गरी मिति र स्थान तय गरेको हो । जिल्ला विकास समितिका सुचना अधिकृत शंकरप्रसाद गौतमले दिएको जानकारी अनुसार पहिलो दिन माघ १८ गते ईलाका नम्वर ४ को गोष्ठी दिव्रुङ्गको शारदा माध्यामिक विद्यालयमा गरिने छ । सोही दिन ईलाका नम्वर ७ को दरवार देविस्थानको ईस्वरी माध्यामिक विद्यालयमा , ईलाका नम्वर ११ को हिमालय उच्च माध्यामिक विद्यालय हस्तीचौर र ईलाका नम्वर १२ को गोष्ठी रियाले माध्यामिक विद्यालय सिर्सेनीमा गरिने छ । त्यस्तै ईलाका नम्वर ३ को गोष्ठी माघ १९ गते हरेवा गाविसमा , सोही दिन ईलाका नम्वर ६ को जनज्योति माध्यामिक विद्यालय पल्लीकोटमा , ईलाका नम्वर ९ को ने.रा. माध्यामिक विद्यालय मुसिकोटमा र सोही दिन ईलाका नम्वर १३ को गोष्ठी ठाडुङ्गा माध्यामिक विद्यालय दर्लामचौरमा हुने भएको छ । माघ २० गते ईलाका नम्वर २ को गोष्ठी जनता माध्यामिक विद्यालय अस्लेवामा हुने भएको छ । सोही दिन ईलाका नम्वर ५ को गोष्ठी रानीवास माध्यामिक विद्यालय वम्घामा, सोही दिन ईलाका नम्वर १० को सरस्वती माध्यामिक विद्यालय नेटामा , सोही दिन ईलाका नम्वर ८ को गोष्ठी खाक्सीपोखरा माध्यामिक विद्यालय वलिथुममा गरिने भएको छ । माघ २१ गते भने एक मात्र बाँकी ईलाका नम्वर १ को योजना तर्जुमा गोष्ठी जयखानी माध्यामिक विद्यालय , जयखानीमा गरिने भएको छ । सुचना अधिकृत गौतमका अनुसार राजनैतिक संयन्त्रको आजैको बैठकले जिल्ला परिषद गर्ने मिति समेत तय गरेको छ । उनका अनुसार जिल्ला परिषद फागुन १९ गते सदरमुकाम तम्घासको वालमन्दिर सभाहलमा गरिने भएको छ । आजको बैठकमा नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्त, एकिकृत नेकपा माओवादीका अध्यक्ष सुदर्शन वराल, राष्ट्रि प्रजातन्त्र पाटीका अध्यक्ष भरतबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जीवन राना, नेकपा–माओवादीका अध्यक्ष विरबहादुर कार्की , नेकपा मालेकी निर्मला पोखरेल र जिल्ला विकास समितिका योजना अधिकृत भक्तीराम मरासीनी लगायतको सहभागिता थियो ।

No comments: