बजाज कम्पनीका नया मोटरसाईकलको प्रदर्शनी ।।
अनिश गैरे, वामी, पौष २९–
बिभिन्न आकर्षक आयोजनाहरुका साथ गुल्मीमै पहिलो पटक टेस्ट राईट तथा फिल्ड ब्याक अन्तर्गत बजाज कम्पनीका नयाँ मोटरसाईकलको प्रचार प्रसार तथा मर्मतको कार्य वामीटक्सारमा सम्पन्न भएको छ । साथै आजै बजाज कम्पनीका नया मोडलका मोटरसाईकलहरु प्रदर्शन गरी सुझाब समेत सङ्कलन गरिएको छ । प्रदर्शनमा उपस्थित मध्ये ६० जना दर्शकहरुले मोटरसाईकलको स्टाईल, लुक्स, आरामदायी बसाई, पिकअप तथा पावर, लचकदार सस्पेन्सन लगायतामा आफ्नो आफ्नो सुझाब दिएको सगरमाथा अटोमोबाईल्स बजाज गुल्मीका ब्यबस्थापक नारायण जी.सीले जानकारी दिनुभयो । यस्तै एच.एच. बजाज कम्पनीका बष्ठि क्षेत्रीय अधिकृत मुक्ति प्रसाद अर्यालले यस्तो कार्य गुल्मीमै पहिलो भएकोले नया मोटरसाईकलको प्रदर्शनी र आबश्यक सुभ्mाब सकँलन गरी कम्पनीले मोटरसाईकलमा आबश्यक सुधार गर्ने बताउनुभयो । साथै कम्पनीले प्रदर्शनीकै अबसरमा महेन्द्र आदर्श उमाबि वामीमा नर्सरी, केजी तथा कक्षा १मा अध्ययनरत करिब २५ जना बिद्यार्थीलाई अध्ययनमा सहजता ल्याउने उद्धेश्यले निःशुल्क कापी तथा कलम समेत बितरण गरेको छ । सोही अबसरमा सगरमाथा अटोमोबाईल्स बुटवलका निर्देशक निरन्जन खड्का तथा सञ्चालक धुर्ब खड्का लगायतको सहभागीता रहेको थियो ।

No comments: