गुल्मीको थानापतीमा ट्याक्टर दुर्घटना हुँदा तिन घाईते
पौष २९–
गुल्मीको थानापतिमा ट्याक्टर दुर्घटना हुँदा तिन जना गम्भीर घाईते भएका छन् । एक जनाको अवस्था भने चिन्ता जनक रहेको प्रहरीले जनाएको छ । रिडीबाट वालुवा लिएर तम्घास तर्फ आउँदै गरेको लु २ त ८०६३ नम्वरको ट्याक्टर थानापति–८ को पानी ट्याङ्की भन्ने स्थानमा दुर्घटना हुँदा नाम ठेगना नखुलेका एक जना युवाको अवस्ता चिन्ता जनक रहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार एक जना महिला र एक जना पुरुष गम्भीर घाईते भएकाले उपचारका लागि प्रहरीले पाल्पा पठाई सकेको छ । भिरको विचमा ट्याक्टरले च्यापिएको अवस्थामा रहेका एक युवालाई अहिले भर्खरै उद्धार गरेर बाहिर निकाल्दा उनका हल्का खुट्टाहरु चलेको वताईएको छ । उनलाई पनि उपचारका लागि पठाउन लागिएको जानकारी प्रहरीले दिएको छ । ट्याक्टर झण्डै ६० मिटर तल खसेको बताईए पनि के कारणले खस्यो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

No comments: