"2513058968709111" /> गुल्मीमा १५ करोडको सुन्तला उत्पादन - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीमा १५ करोडको सुन्तला उत्पादन

पौष २९–
यस वर्ष गुल्मीमा १५ करोड  मुल्य वरावरको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष गुल्मीमा सुन्तला उत्पादन १४ प्रतिशतले बृद्धि भएको छ । वोटमैं भएको र वजारमा उतारिएको सुन्तलाको आंकलन अनुसार यस वर्ष कुल ३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । कृषि विकास कार्यालयका प्राविधिक सहायक सनबहादुर रानाले दिएको विवरण अनुसार हाल सम्म २ हजार ७६ मेट्रिक टन सुन्तला वजारमा विक्रिका लागि उतारिएको छ भने वाँकी ३१ प्रतिशत सुन्तला वोटमैं रहेको छ । वजारको न्यृुनतम मुल्य प्रति किलो ५० का दरले ३ हजार मेट्रिक टनको कुल १५ करोड मुुल्य वरावरको सुन्तला गुल्मीमाउत्पादन भएको देखिन्छ ।  गत वर्ष प्रति किलो ५० कै दरले २५ सय ५६ मेट्रिक टन अर्थात १२ करोड ७८ लाखको सुन्तला गुल्मीमा उत्पादन भएको थियो । हाल सम्म विक्रिका लागि वजारमा आएको सुन्तलाको विवरण अनुसार अर्लाङकोट गाविसबाट १ सय मेट्रिक टन , अर्वेनीबाट ३५ मेट्रिक टन, जयखानीबाट ४५  मेट्रिक टन सुन्तला उत्पादन भएको छ । त्यस्तै दिगामबाट १ सय ६० मेट्रिक टन , हर्दिनेटाबाट ५५ मेट्रिक टन, गौडाकोटबाट ३५ मेट्रिक टन , जुभुङबाट ३५, रेसङ्गा नगरपालिका साविकको  अर्खलेबाट १ सय २६ मेट्रिक टन, पिपलधाराबाट २ सय ५५ मेट्रिक टन, हाडहाडेबाट २ सय मेट्रिक टनउत्पादन भएको छ । त्यस्तै स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिने नयाँगाउँबाट ३ सय ७५ मेट्रिक टन , भनभनेबाट २ सय मेट्रिक टन, धुर्कोट रजस्थलबाट १ सय मेट्रिक टन, वस्तुबाट १ सय मेट्रिक टन, पुर्कोटदहबाट ३० मेट्रिक टन, अन्य गाविसबाट २ सय २५ मेट्रिक टन सहित कुल २ हजार ७६ मेट्रिक टन सुन्तला वजारमा झारिएको छ । विगतका वर्षहरुको तुलनामा गुल्मीमा सुन्तला उत्पादनमा बृद्धि हुनुको कारणबारे जिज्ञाष राख्दा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले वगैंचा सुधार कार्यक्रमले यस्तो प्रगति भएको बताए ।  यस वर्ष सुन्तला उत्पादन बृद्धि हुनुमा यस कार्यालय र कृषि सहकारी संस्था, कृषक समुहबाट वैगैंचा सुधार कार्यक्रम सञ्चालन गरेर हो ’–उनले भने–‘ यस सुधार कार्यक्रम अन्तरगत विरुवामा वोर्डे पोष्ट, मिक्चर तथा विरुवा काँटछाट गरिएको र यस वर्ष पतेरोको प्रकोप कम समेत गरिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.