"2513058968709111" /> दगातुन्डाडामा एकै व्याक्तिद्धारा स्वास्थ्यचौकी भवन निर्माणको लागी १५ लाखको जग्गा दान ।। - अनिश शर्मा गैरे
Breaking News
recent

दगातुन्डाडामा एकै व्याक्तिद्धारा स्वास्थ्यचौकी भवन निर्माणको लागी १५ लाखको जग्गा दान ।।

पौष २९–
वागलुङको दगातुन्डाडा ४ का ढाल वहादुर खत्रि तथा उहाँकी श्रीमति सुमित्रा खत्रि ले स्वास्थ्यचौकी भवन निर्माणको लागी भन्दै दगातुन्डाडा उपस्वास्थ्यचौकीलाई १५ लाख वरावरको ४ रोपनी जग्गा निशुल्क प्रदान गर्नुभएको छ । खत्रि दम्पत्तिले जग्गाकै अभावमा उपस्वास्थ्यचौकी स्वास्थ्यचौकीमा स्तरउन्नती हुन नसकेको र भवन नवनेको ले स्थानिय स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेको भन्दै सो जग्गा प्रदान गर्ने निणर्य गरेको वताउनु भएको छ । खत्रिले भवन अभाव तथा स्वास्थ्यचौकीको अभावमा स्थानियले वर्थिङ सेन्टर चलाउन वाध्य भएको सन्दर्भमा आफुले प्रदान गरेको जग्गाले सवैलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । गत वर्ष नै स्तरउन्नती हुने भनियको उपस्वास्थ्यचौकी जग्गा अभावमै भएको थिएन भने वर्थिङ सेन्टर समेत स्थानियहरुले चलाएका छन् । वागलुङ जिल्लाको मध्यपश्चिममा पर्ने दगातुन्डाडा गाविसको माथिल्लो भेगमा पर्ने सो स्वास्थ्यचौकीको स्तरउन्नती तथा आवश्यक जनशक्ति नहुँदा स्थानियले सास्ती भोग्दै आएका छन् । दगातुन्डाडा गाविसको वडा नं. ४ खत्रिटोलमा पर्ने सो जग्गा प्रदान गर्नको लागी उपस्वास्थ्य चौकीका इन्चार्ज अहेव निरन्जन यादवले सहजीकरण गर्नुभएको थियो । उपस्वास्थ्य चौकी ले जग्गा प्राप्त गरेसंगै स्तरवृद्धिको लागी प्रक्रिया अगाडि वढाउन जनस्वास्थ्य कार्यालयले पहल गर्नुपर्ने स्थानियले वताएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.