"2513058968709111" /> दगातुन्डाडाको गाँउ परिषद् सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

दगातुन्डाडाको गाँउ परिषद् सम्पन्न ।।

पौष २९–
दगातुन्डाडा गाविसको आर्थीक वर्ष २०७२÷७३ को लागी गाँउ परिषद् सम्पन्न भएको छ । परिषद्वाट आर्थिक वर्ष २०७२÷७३ को लागी कुल १६ लाख ६७ हजार २७७ रुपैयाको वार्षिक वजेट पारित गरेको छ । पारित योजनाहरुमा ठुला पुर्वाधार तर्फ खड्क देवि उमावि लाई २ लाख रुपैया, जेग्ना सक्न्यार मोटरवाटोको लागी १ लाख, लब्धीखोला लघु जल विद्युत परियोजनाको लागी १ लाख, गिरौंदिखोला लघुजलविद्युत परियोजनाको लागी १ लाख, नेवा संगको साझेदारीमा खानेपानी तथा सरसफाई योजना सम्पन्न गर्न १ लाख रुपैया विनियोजन गर्ने निर्णय गरेको छ । त्यस्तै कृषि तथा पशु प्रवद्र्धन कार्यक्रम संचालन गर्न ५० हजार, लक्षीत कार्यक्रम अन्तर्गत वालवालीकाको लागी १ लाख ३ हजार, महिलाहरुको लागी १ लाख ३ हजार, उत्पीडित जातिहरुको चेतना वृद्धिको लागी १ लाख ५५ हजार वजेट विनियोजन गरिएको दगातुम्डाडाका पूर्व सचिव थम्मन वहादुर रेश्मीले जानकारी दिनुभएको छ । परिषद्मा दगातुन्डाडामा क्रियासिल ४ राजनैतिक दलका प्रतिनिधि, स्थानिय सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । परिषद्का सहभागिहरुले गाविसको लागी आएको रकम निकै थोरै भएको भन्दै कुनै विकास गर्न नसकिने गुनासो गरेका थिय । उनिहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमले गाविस भित्रका विकास आयोजनालाई समेट्न आग्रह गरेका थिय भने गाविस सचिव वाट निरन्तर सेवा पाउनु पर्ने वताएका थिय । कार्यक्रम दगातुन्डाडा गाविस सचिव खेमराम शर्माको अध्यक्षता, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्रराज पन्थीको स्वागत मन्तव्य तथा पूर्व सचिव थम्मन वहादुर रेश्मीको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.