"2513058968709111" /> न्यू स्पोर्ट युवा क्लव रिघाको दाश्रो वार्षिकोत्सव सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

न्यू स्पोर्ट युवा क्लव रिघाको दाश्रो वार्षिकोत्सव सम्पन्न ।।

पौष २९–
न्यू स्पोर्ट युवा क्लव रिघा ६ अमर्छा वागलुङको दाश्रो वार्षिकोत्सवको अवसरमा आयोजीत विविध प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न भएका छन् । दुई दिन सम्म चलेको प्रतियोगीताहरु मध्ये खुल्ला पुरुष भलिवल प्रतियोगीतामा वाल संरक्षण मञ्च रिघा ४, प्रथम, शिव मिलन युवा परिवार रिघा २ द्धितिय भएका छन् । त्यस्तै महिला भलिवल प्रतियोगीता तर्फ शिखर युवा परिवार रिघा ९ प्रथम, वसन्त युवा परिवार रिघा ८, द्धितिय भएका छन् । त्यस्तै खुल्ला रेकर्ड नृत्य प्रतियोगीतामा संस्कृति संरक्षण मञ्च काँडेवास प्रथम, न्यू स्पोर्ट युवा क्लव रिघा ६ द्धितिय, किसोरी समुह रिघा ७, गाईघाट तृतिय तथा लेखानी कि सोनी पुनले सान्तोना स्थान प्राप्त गर्नुभएको छ। कार्यक्रममा खेल मैदान निशुल्क उपलब्ध गराउने कार्यक्रमका प्रमुख अतिथि भिम वहादुर श्रीस, प्रगतिशिल भुतपूर्व सैनिक संघका अध्यक्ष नरेन्द्र घर्ति थापा, नेकपा एमालेका डम्मर श्रीस लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रतियोगीताका प्रायोजक तथा सहयोग दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष भूमिश्वर सापकोटाको अध्यक्षता तथा विष्णु कँडेल र सुसिला नेपालीको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.