महेन्द्र आदर्श उमाबि वामीको ५६ औँ बार्षिकोत्सब सहायक जील्ला शिक्षा अधिकारी ढकालद्धारा उद्घाटन, ब्यबहारीक शिक्षाहुनुपर्नेमा जोड ।।
अनिश गैरे, वामी, पौष २९–
महेन्द्र आदर्श उमाबि वामीको ५६ औँ बार्षिकोत्सब कार्यक्रमको आज उद्घाटन गरिएको छ । उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय गुल्मीका सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले बिद्यालयमा ब्यबहारीक शिक्षा हुने पर्ने कुरामा जोड दिनुभएको छ । साथै उहाँले विद्यालय असल चरित्रको विकास गर्ने ठाउँ भएकाले यसको चौतर्फी विकासमा सम्पुर्ण एकजुट हुन आग्रह गर्नुभएको थियो । समुदायिक विद्यालय समुदायको माया बिना चल्न नसक्ने भन्दै उहाँले विद्यालयलाई सहयोग गर्न पनि सुझाब दिनुभएको थियो ।
कार्यक्रममा बिद्यालयमा विभिन्न विषयमा सत प्रतिशत बिधार्थी उतिर्ण गराउन सफल शिक्षकहरुलाई सम्मान समेत गरिएको छ । छ । कार्यक्रमका प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकाल तथा कार्यक्रमका अध्यक्ष बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थमणि काफ्लेले बिद्यालयका सहायक प्राचार्य द्धोय टिकाराम खराल, देबिराम शर्मा, शिक्षकहरु डिल्लीराज खरेल, परमेश्वर घिमीरे, बुद्धिप्रसाद शर्मा, मृगेन्द्र रिजाल, अनन्तलाल भण्डारीलाई बिशेष मायाको चिनो सहित सम्मानित गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका भुपु पदाधिकारीहरु तथा चन्दादाताहरुलाई पनि बिशेष मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्राचार्य भिमलाल सापकोटाले आर्थिक बर्ष २०७०–७१ को १ करोड २८ लाख बराबरको आयब्यय बिबरण प्रस्तुत गर्नुभएको थियो ।
साथै आज भएको कार्यक्रममा अङ्ग्रेजी माध्यम, माबि तथा उमाबिका अन्तरसादानात्मक प्रभातफेरी, रेकर्ड डान्स, बक्तृत्वकला लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन भने कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरु द्धारा बिशेष साङ्गीतीक प्रस्तुती समेत रहेको थियो । जिल्ला शिक्षा कार्यालय गुल्मीका बिद्यालय निरिक्षक जीवन खनालको बिशेष आतिथ्यता रहेको कार्यक्रममा बिभिन्न राजनीतीक दलका प्रतिनिधिहरु, बिभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरुका प्रतिनिधिहरु, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, शिक्षाप्रेमी, समाजसेबी, पत्रकार, ब्यापारी लगायतको बिशेष उपस्थिती रहेको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तीर्थमणि काफ्ले अध्यक्षता, बिद्यालयका सहायक प्राचार्य टिकाराम खराल तथा बिद्यार्थी बिबेक काफ्लेको स्वागत रहेको कार्यक्रमको सञ्चालन बिद्यालायका शिक्षक बुद्धि प्रसाद शर्माले गर्नुभएको थियो ।

No comments: