"2513058968709111" /> बालज्याति प्राविको १४ कोठे भवनको उद्घाटन माघ १९ गते हुने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बालज्याति प्राविको १४ कोठे भवनको उद्घाटन माघ १९ गते हुने ।।

माघ १४–
बालज्योती प्राथमिक विद्यालय रिघा ७, मनेवा पाटाको १४ कोठे भवनको उद्घाटन यहि माघ १९ गतेसोमवार हुने भएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङ, जिल्ला विकास समिति बागलुङ, रिघा गाँउ विकास समिति, रिघाका युके वासी तथा रिघा वडा नं. ७ का स्थानिय जनताको चन्दा तथा श्रमदान गरि कुल ४५ लाख लागतमा सम्पन्न सो भवनको उद्घाटन गर्न लागीएको हो । नवनिर्मित भवनको जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले उद्घाटन गर्ने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नर वहादुर घर्तिले जानकारी दिनुभएको छ । जनजातिहरुको वाहुल्यता रहेको समुदायभित्र निजि विद्यालयलाई चुनौति दिँदै विद्यालयले अंग्रेजी माध्ययम संचालन गरेको प्रधानाध्यापक सृजना घर्तिले वताउनु भएको छ । वि.सं. २०४६ सालमा स्थापना भएकोविद्यालयमा हाल ७४ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । एउटा स्थायी दरवन्दि, एउटा राहत, एक जना बाल विकास केन्द्रका सहजकर्ता तथा ४ जना स्थानिय श्रोत का शिक्षकहरुवाट पठन पाठन हुँदै आएको छ । पूर्ण रुपमा अंग्रेजी माध्ययमवाट विद्यालय संचालन भएपछि चर्को शुल्क तिरेर निजि विद्यालयमा विद्यार्थी पठाउन नपरेको र निजि स्तरको पठन पाठन सामुदायीक विद्यालयमा भएको भन्दै अभिभावक खुसि भएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.