सुसासन अभियान गुल्मीद्धारा मिडिया फेलोसिपका लागि ३ जना पत्रकार छनौट
माघ १४–
सुशासन अभियान गुल्मी तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित एलाक डीपी कार्यक्रम अन्तर्गत प्रदान गरिने मिडिया फेलोसिपको लागि ३ जना पत्रकारहरु छनौट भएका छन् । नागरिक दैनिकका गुल्मी संवाददाता विशाल भट्टराई, दैनिक पत्रका गुल्मी संवाददाता शिवलाल सुवेदी र गोरखापत्रका गुल्मी संवाददाता गणेश शारु छनौट हुनुभएको हो । मिडिया फेलोसिप छनौट उपसमितिको मगँलबार बसेको बैठकले रितपूर्वक परेका आबेदनको मूल्याङ्गकन गरी ३ जनाको नाम छनौट गरेको समितिका संयोजक नरेश भण्डारीले जानकारी दिनुभयो । सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धि समाचार लेखन तथा सम्प्रेषणमा पत्रकारहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले एलाक डीपी कार्यक्रमले गत वर्ष जस्तै यस वर्ष पनि मिडिया फेलोसिप प्रदान गर्न लागेको हो ।

No comments: