मोर्चाको बन्दले पनि विभिन्न जिल्ला प्रभावित ।।

पौष २७–
एमाओवादी सहितको ३० दलीय मोर्चाले आब्हान गरेकोे बन्दले यसक्षेत्रको जनजीवन प्रभावित भएको छ । समयमै सहमतिमा संविधान निर्माण गरिनुपर्ने माग राख्दै एमाओवादी सहितको तीस दलिय मोर्चाले बन्द आव्हान गरेको हो । मोर्चाले तोकेका बन्द हुने राज्यहरुमा तमुवान, मगरात, किरात, खुम्बुवान, लिम्बुवान राज्य रहेका छन् । एमाओवादी सहितको मोर्चाले अघि सारेका विभिन्न राज्य अन्तर्गत तमुवानमा पर्वत, मुस्ताङ, कास्की, तनहुँ, स्याङ्जालगायतका आठ जिल्ला छन् भने मगरातअन्तर्गत म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, सल्यान, गुल्मी लगायत जिल्लाहरुमा बन्दको असर अहिले बिहान सामान्य परेको प्रहरीले जनाएको छ । यस्तै बन्दको कारण वामी लगायतका यस वरपर क्षेत्रमा पनि प्रभाब परकेो छ । बिहानै देखी यायातका साधन तथा बजार कलकारखाना ठप्प रहेका थिए । त्यस्तै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले दाङसहित पश्चिम नेपालमा आज गरेको बन्दका कारण बिहानैदेखी जनजीवन सामान्य प्रभावित भएको छ । बिहानैदेखि गरिएको बन्दका कारण विद्यार्थी, यात्रुहरुलाई समस्या भएको छ । तर दाङको लमहीमा सुरु भएको महोत्सलाई मध्यनजर गर्दै देउखुरि क्षेत्रमा भने बन्द नगरिएको नेकपा माओवादी दाङका सेक्रेटरी सुबाष पुनले जानकारी दिनुभयो । वर्तमान संविधानसभा विगटन गरि राष्ट्रिय राजनितिक सभाको माग गर्दै पश्चिम नेपालका दाङसहित सेती महाकाली र भेरी कर्णाली क्षेत्रमा बन्दको आह्वान गरिएको छ ।

No comments: