"2513058968709111" /> नेपाली काङ्ग्रेंस गौडाकोटले श्रद्धाञ्जली सभा सम्पन्न गर्याे ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काङ्ग्रेंस गौडाकोटले श्रद्धाञ्जली सभा सम्पन्न गर्याे ।।

माघ १०–
गैाँडाकोट गाविसका नेपाली कांग्रेस पार्टी सभापति बिरबहादुर थापाको निधन प्रति नेपाली कांग्रेसले आज उहाँको घरमा एक श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पूर्णबहादुर गाहाको सभापतित्व रहेको कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति चन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपसभापति भुवन प्रसाद श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सचिव छन्दबहादुर पहराई, तरुण दल गुल्मीका अध्यक्ष खिलध्व पन्थी, नेपाल बिद्यार्थी संघका अध्यक्ष खिलध्वज पन्थी, म्यालपोखरी माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष पशुपति शर्मा, राजा रुन्खा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कमान सिंह कुवाँरे, पूर्व गाविस अध्यक्ष बल बहादुर थापा, एकिकृत माओबादीका तर्फबाट शेरबहादुर सर्तुङगे लगायतले मन्तब्य राख्नुभएको थियो । उहाँको निधन भएको १० औँ दिनको पूण्य तिथिको अवसर पारेर कांग्रेसले शोक सभा गरेको हो । शोक सभालाई सम्बोधन गर्दै अतिथिहरुले उहाँको निधनले नेपाली कांग्रेस गुल्मीलाई ठूलो क्षती भएको बताएका थिए । कार्यक्रम नेपाली कांग्रेस गुल्मीका थम्मन केसीको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.