रिघामा मोटरवाटोको सिलन्यास
पौष २५–
वागलुङ जिल्लाको रिघा गाविस वडा नं. ७ फलाटे हुँदै गाविस भवन, गोठलाङ, मल्म जोड्ने मोटरवाटोको शुक्रवार शिलन्यास गरिएको छ । क्षेत्र नं. ३ का संविधान सभा सदस्य ज्ञान कुमारी छन्त्यालले विकास निर्माणमा स्थानियको सहभागिता हुनु पर्ने वताउनु भएको छ । शिलन्यास कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता दोर्ण कुवँर, समानुपातिक उमेद्वार रेनुका काउचा, रिघामा क्रियासिल दलहरु नेकपा एमाले, एकिकृत नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा लगाएतका दलका प्रतिनिधि, स्थानिय उपभोक्ताहरुको सहभागिता रहेको थियो । मोटरवाटो निर्माणका लागी यस वर्ष राष्ट्रिय योजना आयोगवाट १४ लाख वजेट छुट्टिएको र वाटो क्षेत्रिय सडकमा परेकोले निरन्तर वजेट विनियोजन हुने उपभोक्ता समितिले जानकारी दिएको छ। कार्यक्रम मोटरवाटो निर्माण समितिका अध्यक्ष नर वहादुर घर्तिको अध्यक्षता तथा सचिव नारायण घर्तिको संचालनमा सम्पन्न भएको रिघा वाट साथी डम्वर श्रीसले जानकारी दिनुभएको छ ।

No comments: