तरुण दल क्षेत्रिय अध्यक्षमा खत्री
माघ १–
नेपाल तरुण दल गुल्मी क्षेत्र नम्वर–३ को क्षेत्रिय अध्यक्षमा चुराबहादुर खत्री निर्वाचित भएका छन् । पौष–२८ गते गुल्मीको वस्तुमा सम्पन्न पहिलो क्षेत्रिय अधिवेशनमा खत्री सहित अर्का उमेदवार झविन्द्र अर्यालले अध्यक्षको निर्वाचनमा वरावरी मत ल्याए पछि अधिवेशनले कसलाई अध्यक्षको जिम्मेवारी दिने भन्ने विषयको टुङ्गो लगाउने जिम्मा नेपाली कांग्रेस जिल्ला कार्य समितिलाई दिएको थियो ।
सोही अनुरुप हिजो वसेको जिल्ला कार्य समितिको सम्पादन समितिले निर्वाचनमा ६७ मत ल्याएका खत्रीलाई अध्यक्षको जिम्मेवारी दिएको जिल्ला सभापति चन्द्रबहादुर केसीले जानकारी दिए । वरिष्ठता र कामको मुल्याङ्कनको आधारमा खत्रीलाई पहिलो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी दिईएको र त्यति नै मत ल्याएका अर्याललाई दोश्रो कार्यकाल सम्मका लागि बरिष्ठ सदस्यमा राखिएको केसीले बताए । तरुण दल जिल्ला अध्यक्ष खिलद्धवज पन्थीले पार्टीले गरेको निर्णयलाई तरुण दल जिल्ला कार्य समितिले अनुमोदन सहित समर्थन गरेको बताए ।
नव निर्वाचित खत्रीले आफुले पाएको जिम्मेवारी शसक्त ढंगले अघि बढाउने प्रतिवद्धता जाहेर गरे । उनले भने–‘ क्षेत्र नम्वर ३ का तरुण साथीहरुले आफुलाई जसरी अमुल्य मतले जिताउनु भयो र पार्टीको जिल्ला कार्य समितिले पनि जुन जिम्मेवारी सुम्पियो यो मेरो लागि काम गर्ने अवसर हो, यसलाई मैले शसक्त ढंगले अघि बढाउने छु ।’ उनले सवै सार्थीहरुलाई समटेर काम गर्ने बताउदै क्षेत्र नम्वर ३ का तरुणहरुको थप उत्साह बढाउने प्रतिवद्धता समेत जनाए ।

No comments: