"2513058968709111" /> माघे सक्रान्तीको अबसरमा रिडी क्षेत्रमा श्रद्धालुहरुको घुईचो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

माघे सक्रान्तीको अबसरमा रिडी क्षेत्रमा श्रद्धालुहरुको घुईचो ।।

माघ १–
विगत वर्षहरु जस्तै यस पटक पनि माघे संक्रान्तिको अवशरमा गुल्मीको रिडी स्थित काली गण्डकि नदिमा दिनभर स्नान गर्न आउने श्रद्धालुहरुको घुँईचो लाग्यो । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी स्थीत काली गण्डकि नदिमा स्नान गर्न र रिषीकेश भगवानको दर्शन गर्नकालागि गुल्मी लगायत अन्य जिल्लावाट समेत मानिसहरु रिडी क्षेत्रधाममा आउने गर्दछन् ।
संक्रान्तिको दिनमा विहानैदेखि मानिसहरु काली गण्डकि नदीमा स्नान गरि सकेपछि नजिकै रहेको रिषीकेष मन्दिरमा पुगि भगवानको पुजा आराधना गरेपछि मानिसहरुले आफुले अन्जानका गरेका सम्पूर्ण पापवाट मोक्ष प्राप्ती हुन्छ भन्ने विश्वास छ । विशेषगरि उक्त दिनमा काली गण्डकिमा स्नान गर्नाले देव रिण, पितृ रिण तथा रिषी रिण तिरिन्छ भन्ने धार्मिक विश्वास समेत रहि आएको छ । संक्रान्तिको अवशर पारेर विहिवारदेखि पाँच दिनसम्म मेलाको समेत आयोजना गरिएको छ । मेलामा घरेलु उत्पादीत सामग्रि, कृषि उपज वस्तुहरुलाई प्रर्दशनमा राखिएको छ । मेलालाई लक्षीत गरेर स्थानीय रुरु फ्रेण्ड्स क्लवले रिडीमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । मेला अवधिभर सो क्षेत्रमा श्रीमद् भागवत महापुराण समेत संचालन गरिएको छ । मेलाको विहिवार उर्जामन्त्री राधा ज्ञवालीले उद्घाटन गरेकि थिईन । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल वाहिर पनि उत्तिकै महत्व पूर्ण मानिन्छ । माघे संक्रान्तिको अवशर पारेर पाँच दिनसम्म संचालन हुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । व्यापारका लागि व्यापारिहरु रुकुम रोल्पा लगायतका ठाउँवाट तीनदिनसम्मको यात्रा गरि रिडी आई पुगेका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.