"2513058968709111" /> नेपाल छन्त्याल संघ वामीले आफ्नो पर्ब मिलाङे सोम्ती आरमेहेङको अबसरमा शुभकामना आदान प्रदान गर्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल छन्त्याल संघ वामीले आफ्नो पर्ब मिलाङे सोम्ती आरमेहेङको अबसरमा शुभकामना आदान प्रदान गर्यो ।।

अनिश गैरे, समुदायिक रेडियो पुष्पाञ्जली वामी
माघ १
नेपाल आदीबासी जनजाती छन्त्याल संघ वामीले आफ्नो पर्ब मिलाङे सोम्ती आरमेहेङको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम वामी ८ मालारानीमा सम्पन्न गरको छ । नेपाल छन्त्याल संघ प्रारम्भिक समिति वामीका अध्यक्ष ज्ञान बहादुर घरम्जाको सभापतित्व रहेको कार्यक्रममा नेपाल छन्त्याल संघ केन्द्रीय सदस्य लोक प्रसाद घरम्जाको प्रमुख आतिथ्यता रहेको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा अतिथिहरुलाई सिस्नो, वनतरुल, भाँगो, सेलरोटी, ढिडो, गिठा लगायतका परिकारहरु बितरण समेत गरिएको थियो । भने घैटोफोर, ताराखेल, नौताले गीत तथा नृत्य साथै भैलो सहितको सोरठी समेत प्रदर्शन गरिएको थियो ।
नेपालका ९ जील्लामा छरिएर ११८० संख्या रहेको अल्पसंख्यक छन्त्यालहरुले माघ १ गते मनाउदै आएको मिलाङे सोम्ती आरमेहेङ पर्बलाई नेपाल सरकारले २०७० सालबाट राष्ट्रिय पर्बको रुपमा मान्यता दिएको छ । भने छन्त्याल जातीले समानुपातीक, समाबेशी, तथा अन्तरष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान माग्दै आएका छन । आदीबासी जनजाती समन्वय परिषद वामीका अध्यक्ष पुर्ण बहादुर घर्ती मगरको बिशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन जील्ला सचिब मेघ बहादुर घरम्जाले गर्नुभएको पत्रकार लोक प्रसाद छन्त्यालले जानकारी दिनुभएका छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.