"2513058968709111" /> स्वास्थ्यकर्मी युनियन गुल्मीको अध्यक्षमा पोख्रेल ।। - अनिश शर्मा गैरे
Breaking News
recent

स्वास्थ्यकर्मी युनियन गुल्मीको अध्यक्षमा पोख्रेल ।।

पौष २७–
नेपाल स्वास्थ्यकर्मी युनियन , गुल्मको तेश्रो जिल्ला  अधिबेशनले श्यामसुन्दर पोख्रलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । उनको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्ष भुमा थापा ,प्रेमलाल भट्टराई रहेका छन् । त्यस्तै सचिवमा भिम प्रसाद ज्ञावली, कोषाध्यक्षमा खगराज पाण्डे,सहकोषाध्यक्षमा माधब घिमिर,े बरिष्ठ सदस्य दिपेन्द्र रिजाल,सदस्यहरुमा रमेश मरासीनी,भगवनी ज्ञावली,बमनाथ पन्थी,शम्सुलहक मिया,हेमराज पन्थी,कमला रेश्मी,गंगा शर्मा,आमे भण्डारी,चेतनारायण खनाल,अग्नीभेष गौतम,चन्दा पुन,गोविन्दराम अर्याल,मुना राना चयन हुनुभएको पुर्व अध्यक्ष दिपेन्द्र रीजालले जानकारी दिए । कार्यक्रम नेपाल स्वास्थ्यकर्मी युनियनकी केन्द्रिय उपाध्यक्ष तथा महिला विभाग संयोजक नानीमैया दाहालले राज्यले दशबर्षे दन्द्धका बेला स्वास्थ्यकर्मीले खेलेको भुमिका विर्सेको बताएकी थिईन् । उनुभएको छ ।अधिबेशनलाई सम्वोधन गर्दे दाहालले भनिन्–‘हिजो दशबर्षे जनयद्धका बेला गाउँगाउँमा राज्यको प्रतिनिधित्व गर्दे काम गरेका स्वास्थ्यकर्मीको योगदानलाई राज्यले विर्सेको छ ।’ उनले अहिले देशभरका स्वास्थ्यकर्मीहरु पदस्थापनको माग गर्दै आन्दोलनमा उत्रिनुपर्दा दुख लागेको समेत बताईन् । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद अर्याल, हिरा बहादुर काकी,प्रकाश अर्याल,केन्द्रिय महिला विभाग सदस्य विष्ण्ुा थापा कार्यक्रममा नेपाली काग्रेस गुल्मीका उपसभापति भुवन प्रसाद श्रेष्ठ,नेकपा ड्यास माओबादीका विर बहादर कार्की,राष्ट्रिय जनमोर्चाका कमल प्रसाद अर्याल,राष्ट्रिय प्रजातन्त्र पार्टीका हिम बहादुर बोहरा,हर्ट फाउण्डेसन गुल्मीका अध्यक्ष शेर बहादुर थापा,सञ्चारीका समुह गुल्मीका अध्यक्ष गगनशिला खड्का लगायतले मनतव्य राखेका थिए । नेपाल स्वास्थ्यकर्मी युनियन गुल्मीका पुर्व अध्यक्ष दिपेन्द्र रिजालको सभापतित्व र ढुण्डीराज पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.