"2513058968709111" /> जनसञ्चार सहकारी संस्था तथा सामुदायिक रेडियो परिवर्तनको पाँचौ साधारण सभा तथा दास्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा ,भोली ११ वजेबाट साधारण सभा सुरु हुने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जनसञ्चार सहकारी संस्था तथा सामुदायिक रेडियो परिवर्तनको पाँचौ साधारण सभा तथा दास्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा ,भोली ११ वजेबाट साधारण सभा सुरु हुने ।।

माघ ०९–
बागलुङको बुर्तिबाङ स्थित जनसञ्चार सहकारी संस्था तथा सामुदायिक रेडियो परिवर्तनको पाँचौ साधारण सभा तथा दास्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष लोकेन्द्र निरासीले बताउनुभएको छ । २०६८ सालमा स्थापना भएको सहकारीले तत्काल सामुदायिक रेडियो स्थापना गरि सञ्चालनका ल्याएको हो । संस्थाले सञ्चालनमा ल्याएको सामुदायिक रेडियोले समुदायको हित हुने कार्यक्रमसँगै, समाचार र सूचना प्रशारणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ  भने सहकारीले बचत तथा ऋणको कारोवार समेत गर्दै आएको छ ।
भोली हुने संस्थाको संस्थाको साधारण सभा तथा अधिवेशनमा संस्थाले हालसम्म गरेको प्रगति तथा भावी कार्ययोजना सँगै नयाँ कार्य समिति, उपसमितिहरु चयन गर्ने भएको छ । सामुदायिक रेडियो भएकाले समुदायमा यसको शेयर खुल्ला रहेको अध्यक्ष निरासीले बताउनुभएको छ । हालसम्म यस रेडियो तथा सहकारीका शेयर सदस्य १ सय १० जना पुगेका छन् । अझै पनि संस्थाले सहकारी तथा रेडियोमा शेयर बन्न इच्छा जाहेर गर्ने व्यक्तिलाई शेयर दिन सक्ने गरि प्रस्ताव साधारणसभामा राखिने तयारी भएको बताइएको छ । यसैबीच रेडियोलाई अझै समुदाय केन्द्रित बनाउ थप समुदाय केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिने कार्यायोजना बनाइएको रेडियोको स्टेशन म्यानेजर राम सुबेदीले बताउनुभएको छ । उहाँले सामुदायिक रेडियो भनेकै समुदायको सम्पत्ति भएकाले यसलाई सेवा मुलक सामाजिक संस्थाको रुपमा विकास गर्दै लैजाने र सबै समुदायका व्यक्तिलाई यसको मालिक बनाइने अभियानै अवको वर्षको मुख्य योजना बनाइने तयारी भएको बताउनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.