"2513058968709111" /> नेपालले क्यानाडालाई ७ विकेटले हरायो - अनिश शर्मा गैरे
Breaking News
recent

नेपालले क्यानाडालाई ७ विकेटले हरायो

माघ ०६–
आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपाल विजयी भएको छ । मंगलवारको खेलमा क्यानडालाई ७ विकेटले हराउँदै नेपाल प्रतियोगितामा लगातार दोश्रो खेलमा विजयी भएको हो ।
जितका लागि क्यानडाबाट पाएको १ सय १५ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर भेट्टायो । एक रन पनि नजोड्दा २ विकेट गुमाएर पछि परेको नेपाललाई उकास्न कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले गतिलो योगदान गरे । पारसले ७७ रन बनाए ।
यसअघि क्यानडालाई १ सय १४ रनमा अलआउट गर्ने क्रममा नेपालका करण केसी एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका केसीले मात्र २६ रन दिए । केसीले चौथो ओभरको चौथो र पाँचौ बलमा लगातार २ विकेट लिएपछि क्यानडा सुरुदेखि नै दवावमा परेको थियो । यही प्रतियोगिताबाटै राष्ट्रिय टिममा डेब्यु गरेका करनले युगाण्डा र नेदरल्याण्डसबिरुद्ध भने विकेट लिन सकेका थिएनन् ।
यस्तै सोमपाल कामीले १० ओभरमा २८ रन दिँदै २ विकेट लिए । कप्तान पारस खड्काले १० ओभरमा १७ रन दिएर १ विकेट लिए ने शक्ति गौचनले ५ दशमलव २ ओभरमा ५ रन दिएर १ विकेट हात पारे । यस्तै सागर पुनले १ विकेट लिए ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.