"2513058968709111" /> बन्दको कारण देशभरको जनजीवन प्रभाबित, बन्दको अबज्ञा गरको भन्दै गुल्मीको बलेटक्सारमा तीनथान मोटरसाईकल तोडफोड ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बन्दको कारण देशभरको जनजीवन प्रभाबित, बन्दको अबज्ञा गरको भन्दै गुल्मीको बलेटक्सारमा तीनथान मोटरसाईकल तोडफोड ।।

माघ ०६–
एकिकृत नेकपा माओवादी सहित संयुक्त जनआन्दोलन समितिले मंगलवार आव्हान गरेको वन्दका कारण गुल्मी जिल्लाको जन जीवन दिनभर प्रभावित वन्यो । वन्दका कारण मंगलवार दिनभर कुनैपनि सवारी साधनहरु संचालन हुन सकेनन् । वन्द कर्ताहरुले वन्दको अवज्ञा गरेको भन्दै गुल्मीको वलेटक्सारमा तीन थान मोटर साइकलहरु समेत टोडफोड गरेका थिए । उनीहरुले लु ६ प ९३३९, ग ४ प १७५६ र लु १९ प १६५० नम्वरको मोटसाईकल टोडफोड भएको एकिकृत नेकपा माओवादी जिल्ला सह सचिव वुद्धि जिसीले वताए । जिल्ला सदरमुकाम तम्घास वजार दिन भर भन्द रह्यो । सरकारी कार्यालयहरु संचालनमा आएपछि पनि निजी वैंक तथा शैक्षीक संस्थाहरु दिनभर वन्द नै रहे । सरकारी कार्यालयमा सेवाग्राहीहरुको उपस्थिति अत्यन्तै न्यून थियो । सदरमुकाम वाहिर वलेटक्सारमा भने वन्द कर्ता र स्थानीयहरुवीच दिनभर पसलहरु वन्द गर्ने र खोल्ने क्रम जारी रह्यो । वजार व्यवस्थापन समितिले यस अघि वलेटक्सारमा कुनै पनि दल तथा संघ संगठनहरुले वन्द आवहन गरेपनि वन्द नगर्ने प्रतिवद्धता अनुसार पसलहरु खोल्ने निर्णय गरेको थियो । तर वन्द कर्ताहरुले सवै पसल तथा व्यवसाय वन्द गर्नु पर्ने भन्दै वजार वन्द गराउँदै हिँडे पनि उक्त क्षेत्रमा आंसिक रुपमा मात्र वन्दको असर परेको थियो । सोही क्षेत्रलाई मध्य नजर गर्दै वन्द कर्ताहरुले आफ्नो आक्रोस तीनवटा मोटर साईकलहरु माथि पोखेका थिए । जिल्लाका ग्रामिण क्षेत्रमा वन्दको प्रभाव न्यून रह्यो । यातायातका साधनहरु संचालनमा नआएपनि वजार क्षेत्रका पसल तथा व्यवसायहरु दिनभर खुलेका थिए । सदरमुकाम तम्घासमा पनि वन्द कर्ताहरुले वन्दको आवहन गरेपनि उनीहरुमा खासै उत्साह देखिदैनथ्यो । वन्द कर्ताहरुको उपस्थिति न्यून द्ेखिन्थ्यो । कतिपय सवारी साधनहरु वन्दकर्ताहरुको नजिकैवाट गुडेपनि उनीहरुले कुनै प्रतिक्रिया जनाएका थिएनन् । गुल्मीमा वन्द समग्रमा सान्तिपूर्वक नै रह्यो । एकिकृत नेकपा माओवादी सहितको ३० दलीय मोर्चाले गरेको वन्दलाई गुल्मेली जनताहरुले फरक फरक टिप्पणी गर्न थालेका छन् । एक वर्ष भित्रमा मुलुकलाई नयाँ संविधान दिन्छौ भनेर वाचा गरेका नेताहरुले संसद भवन भित्र सोमवार राती प्रस्तुत ताण्डव नृत्य देखेर थप चिन्तित वनेका छन् । माघ ८ भित्रमा दलहरुवीच सहमति भएर संविधान जारी होला भनेर प्रतिक्षा गरेर वसेका जनताहरुमा यतिवेला अब मुलुकमा संविधान जारी होला भन्ने कुराको आशा विस्तारै हराउँदै जान थालेको छ । दलहरुको आआफ्नै अडान र आफ्नो आवेगलाई थाम्न नसकेर संसद भवनभित्रै चलेको मुक्कामुक्किवाट उनीहरुका निराशा थपिएको हो । सदरमुकाममा मात्र हैन गाउँघरमा चोकचोकहरुमा मंगलवार दिभर मानिसहरुले गएराती संसदभवनका घटेको घटनाको चर्चा गरिरहे । शहरी क्षेत्रमा अधिकांस मानिसहरु दिनभर टेलीभीजन हेदै वसि रहे भने ग्रामिण क्षेत्रहरुमा एफ एम रेडियो सुनेर वसिरहेका थिए । यस्तै वामी टक्सार लगायत यस आसपासमा पनि बन्दको प्रभाब परको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.