बनभोज तथा साँस्कृतिक कार्यक्रमको तयारी पुरा
कुमार “अविरल” पन्थी, कतार माघ ६।
गुल्मी सेवा समाज कतारले आयोजना गरेको बृहत वनभोज तथा साँस्कृतिक कार्यक्रमको तयारीलाई अन्तिम रुप दिइएको छ । गत शुक्रवार बसेको सँस्थाको बैठकले कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको बताइएको छ । आगामी जनवरी २३ तारिकका दिन समपन्न हुन गइरहेको बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम कतारको साहनिया स्थित अल दोसरी पार्कमा आयोजना गरीएको छ । कार्यक्रममा पश्चिम नेपालका जिल्लाहरुमा अति नै लोकप्रिय मानिने पन्चे बाजा लगायत स्थानिय कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुतीहरु रहने बताइएको छ । कतारमा रहेका नेपालीहरु एवम बिशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाट प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रम संयोजक झबिन्द्र आचार्यले जानकारी दिनुभयो । गुल्मी सेवा समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गरेको उल्लेख गरिएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि उक्त कार्यक्रमले निरन्तरता पाएको हो । कतारमा रहनु भएका गुल्मेली एवम गैर गुल्मेलीहरु उक्त कार्यक्रममा सहभागी हुन् पाउने छन । कार्यक्रम स्थलमा जान आउनको लागि विभिन्न ठाउबाट यातायातको समेत व्यवस्था गरीएको छ ।

No comments: