"2513058968709111" /> तामाङ समुदाय सोनाम ल्होसार मनाउँदै - अनिश शर्मा गैरे
Breaking News
recent

तामाङ समुदाय सोनाम ल्होसार मनाउँदै

काठमाडौं, माघ ७ -  तामाङ समुदायले बुधबार आफ्नो महान पर्व सोनाम ल्होसार मनाउँदैछन् । सोनाम ल्होछारको अर्थ भेँडा नयाँ वर्ष हो । नेपालसहित विश्वका विभिन्न भागमा मनाइने यो पर्व चीनमा चिनियाँहरूले वसन्त पर्वका रुपमा मनाउने गर्छन् ।
यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले सोनाम ल्होसारका अवसरमा सबैलाई शुभकामना दिनुभएको छ । राष्ट्रपतिले शुभकामना सन्देश दिँदै विशेष गरी तामाङ समुदायले आफ्नो परम्पराअनुसार मनाउँदै आइरहेको सोनाम ल्होसारले आफ्नो समुदायको पहिचानलाई मजबुत बनाउन तथा हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच एकताको सूत्रमा बाँधी आपसी बन्धुत्वको भावना बढाउने कार्यमा सहयोग पुग्ने  विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै उपराष्ट्रपति परमानन्द झाले शुभकामना सन्देश दिँदै शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान आजको राष्ट्रिय आवश्यकता भएको र यसै सन्दर्भमा यस पर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरोस् भनी कामना गर्नुभएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले दिनुभएको शुभकामना सन्देशमा विभिन्न समुदायहरू बीचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको र आत्मीयता बढाएको र एक अर्काका धर्म, संस्कृति, परम्परा र भाषालाई सम्मान गर्ने सुसंस्कार विकसित भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले सङ्घीयता, गणतन्त्र, समावेशितासहितको लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धिहरूलाई संस्थागत गर्ने कार्यमा धैर्य र संयमताका साथ समस्त राजनीतिक दलहरूलाई साथ दिन अनुरोध पनि गर्नु भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.