सबिंधानको लागी दबाब
पौष २४–
समयमा संविधान जारी गर्न सभासदलाई दबाब दिने उद्धेश्यले साहित्यकारहरुले र्भैरहवामा सडक कविता कार्यक्रम आयोजन ागर्ने भएका छन् । सिद्धार्थ साहित्य परिषदको आयोजनामा आगामी पौष २७ गते भैरहवाको मुख्य चौंकहरुमा संविधान विषयक सडक कविता बाचन कार्यक्रम गर्ने तय भएको परिषदका
अध्यक्ष विजय सागरले जनाएका छन् ।परिषदको विहीवार भैरहवामा सम्पन्न पुर्ण बैठकले स्रष्टाहरुको आहावन, माघ ८
मै संविधान भन्ने नाराकासाथ सडक कविता कार्यक्रम गर्ने निर्णय गरेको छ । सडक कविता कार्यक्रममा समयमै संविधान जारी गर्न सभासद, दलहरु र सरकार तथा सरोकारवालालाई दबाब दिने परिषदले विश्वास लिएकोछ । २७ गते हुने सो सडक कविता कार्यक्रम ठीक ११ बजे बुद्धचौंक, १२ ः३० मा देवकोटा चौंक, २ बजे मिलनचौंक र ३ः ३० मा जिल्ला प्रसासन अगाडी हुने त्यसपश्चात प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम भएको अध्यक्ष सागरले जनाए ।
यसैगरी परिषदको बैठकले फागुन ८ गते नेपाली साहित्यकला डट कमको आयोजना तथा परिषदको सहआयोजनामा भैरहवामा फागुन ८ गते हुने सृजना उत्सवलाइ भब्य रुपमा सफल पार्ने निर्णय समेत गरेको छ । सो उत्सवमा पुरस्कार बाडिने गरि फागुन २ गते परिषदको १७१ औ संगममा जिल्ला स्तरीय कविता
प्रतियोगिता समेत आयोजना गरिने भएको छ । यसैबीच परिषदले पौष २७ गते हुने सडक कविता कार्यक्रममा सम्पुर्ण साहित्यप्रेमी तथा स्रष्टाहरुलाई संंविधान विषयक कविता तथा रचना लिई सडक कविता कार्यक्रममा सहभागीहुन आहावन समेत गरेको छ।
परिषदका अध्यक्ष सागरको अध्यक्षता, सचिव रामबहादुर श्रेष्ठको सन्चालनमा सम्पन्न बैठकमा साहित्यकार तथा परिषदका सल्लाहकार बूंद राना, प्रा.डा कपिल लामिछाने, बालकृष्ण भट्टराई, भरत पोखरेल, मणिराम भट्टराइ, डिल्लीराज भट्टराइ, लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष हेमलाल ज्ञवाली, डा. हिरण्य ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।

No comments: