"2513058968709111" /> डढुवा रोगले आलु टमाटर र केरा खेतीमा क्षति ।। - अनिश शर्मा गैरे
Breaking News
recent

डढुवा रोगले आलु टमाटर र केरा खेतीमा क्षति ।।

माघ १४–
यस वर्षको हिँउदमा लामो समयसम्म शितलहरले गर्दा बर्दिया जिल्लामा डढुवा रोगको प्रकोपले बाली क्षति भई आलु, टमाटर र केरा खेती गर्ने कृषक मर्कामा परेका छन् । कृषि विकास कार्यालयबाट प्राप्त जानकारी अनुसार करिब ४ हजार १ सय हेक्टर जमिनमा आलु खेती गरिएको मध्ये करिब २ हजार हेक्टरमा लगाएको आलु खेतीमा करिब ३० प्रतिशत डढुवा (ढुसी) रोगका कारण क्षति भएको अनुमान गरिएको छ । नयाँ पुस्ताको कर्डिनल जातको आलुको बीउ १ हजार ५ सय हेक्टरमा लगाएको क्षेत्रमा डढुवाको प्रभाव परेको छैन तर भारतीय बजारबाट आयत भएको लाल गुलाब नामक जातको बिउ र स्थानीय पुरानो पुस्ताको आलुमा डढुवा रोगको प्रभावले उत्पादनमा ह्रास आउने भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.