पर्वतको बाँसखर्कमा यसपाली ३ करोडका सुन्तला ।।
पौष २२–
पर्वतको बाँसखर्कका किसानहरु यो वर्ष सुन्तला बिक्रिबाट गाउँमा ३ करोड रुपैयाँ भित्र्याउने अपेक्षामा छन् ।
सुन्तला गाउँले परिचित बाँसखर्कका सुन्तलाले
किसानहरु धनी बन्दै गएका छन् । एक सिजनमा एउटा परिवारले कम्तीमा एक लाखदेखी १५ लाख रुपैँया कमाउँदै आएका छन् । गाउँको प्रमुख बाली नै सुन्तला भएकाले वार्षिक
३ करोडभन्दा बढी सुन्तला बिक्री गाउँमा भित्रीने गरेको हो । एउटै गाउँमा २ सय ५० परिवारले सुन्तला खेती गरेका छन् । स्वाद र लामो समय सम्म टिकाउ हुने
भएकाले देशैभरि बाँसखर्कको सुन्तला लोकप्रिय मानिन्छ । सुन्तला बजारसम्म लैजान समस्या भएपछि किसानले चन्दा उठाएर आफ्नै प्रयासमा सडक बाटो पनि बनाएका छन् ।

No comments: