"2513058968709111" /> बुर्तिबाङमा सञ्चालित आँखा शिविर आज सकिदै ।। करिव १२ सय विरामीले आँखा चेकजाँच गराए ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बुर्तिबाङमा सञ्चालित आँखा शिविर आज सकिदै ।। करिव १२ सय विरामीले आँखा चेकजाँच गराए ।।

माघ ०८–
नेत्र ज्योति संघ बागलुङको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा मंगलबारेदेखी  बुर्तिबाङमा सुरु भएको तीन दिने निशुल्क आँखा शल्यक्रिया शिविर आज सकिएको छ । आयोजित शीविरमा १ हजार २ बढी विरामीले आँखाको चेकजाँच गराएको शिविरका संयोजक एवं  नेत्र ज्योति संघ शाखा कार्यालय बागलुङका सभापति धुब्र बहादुर केसीले बताउनुभएको छ । उपचारका क्रममा १ सय १० जनाको शल्य क्रिया गरिएको छ । जस मध्ये १ सय ३ जनाको अप्रेशन तथा ७ जनाको माईनर अप्रेशन र करिव २ सय जना भन्दा बढीलाई निशुल्क चश्मा वितरण गरिएको सभापति केसीले जानाकारी दिनुभएको छ ।  त्यस्तै शिविरका अवसरमा २ जना १३ वर्ष मुनिका वालवालिकाको भने हिमालयन आँखा अस्पताल घारिपाटन पोखरामा अपे्रशनका लागि सिफारिस गरिएको छ । उनीहरुको वेहोस नै बनाएर आँखाको अप्रेशन गर्नुपर्ने भएकाले रिफर गरिएको हिमालय आँखा अस्पताल पोखराका कार्यक्रम संयोजक भोजराज गौतमले जानाकारी दिनुभएको छ । यसैबीच शिविरमा मोतिया विन्दु भएका १  सय ५० जना, उमेरका कारण मोतिविन्दु भएका २ सय भन्दा बढी तथा नजिक देख्न नसक्ने २ सय ५० भन्दा बढी र ९ जना दुबै आँखा मा दृष्टि विहिन भएकालाई उपचार गरिएको छ । त्यस्तै आँखाका विभिन्न कारणले समस्या भएका, फूला परेका तथा मासु पलाएका, आँखा पाक्ने समस्या भएका, आँखामा आँशु आउने नली पुरिएका, विभिन्न कारणले चोटपटक लागेर देख्न सक्ने क्षमता कम भएका समस्या भएकाले सहभागीता जनाएका कार्यक्रम संयोजक गौतमको भनाई छ । आयोजित आँखा शिविरमा जिल्लाका पश्चिम क्षेत्रका १६ गाउँ विकास समिति लगायत गुल्मी, म्याग्दी, रुकुम, रोल्पा तथा प्यूठानबाट समेत आँखाका विरामी आएका थिए । केही विरामीहरु आँखाको उपचार गाराएपछि आँखका कालो चश्मा र हातमा औषधि लिएर खुसी साथ घर तर्फ फर्कदै गरेको देखियो । यसै क्रमका बागलुङ ग्वालीचौर घर भएकी ७२ वर्षिय वृध चन्द्री पेमी दुई वर्षयता दुवै आँखा नदेख्ने समस्या भोग्दै आएको तर अप्रेशन पछि दुवै आँखा देख्ने भएपछि सुसारेका रुपमा आएका आफ्ना छोराको कपाल फुलेर सेतै भएको देखेर दंग परेको बताउनुभयो । ग्वाली चौरी चन्द्री पेमी जस्तै गुल्मी नेटाका मन बहादुर पुनले पनि अप्रेशन पछि देख्न सक्ने भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
दृष्टि गुमाएकाहरुले पुन देख्न सक्ने भएपछि उनीहरुको औषत आयु समेत पाँच वर्ष बढ्ने उपचारमा संग्लग्न चिकित्सकहरुले बताएका छन् । शिविरको भोली विधिवत रुपमा समापन गरिने कार्यक्रम रहेको शिविरको समन्वय गरिरहेको महिला समन्वय समितिकी संयोजक दुर्गादेवी घर्ति मगरले बताउनुभएको छ । शिविरका बुर्तिबाङ स्थित विभिन्न संघ संस्थाको सहकार्य, सहयोग तथा स्थानीय विद्यालय, बोर्डिङ स्कुल र रेडियोमा कार्यरत सञ्चारकर्मीहरुले स्वयंसेवकको भुमिका निर्वाह गरेका थिए

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.