"2513058968709111" /> तिलौराकोट उत्खननमा धमाधम प्राचीन संरचना सहीत पुरातात्वक बस्तुहरु भेटियो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

तिलौराकोट उत्खननमा धमाधम प्राचीन संरचना सहीत पुरातात्वक बस्तुहरु भेटियो ।।

माघ ०८–
बुद्धको क्रिडा स्थल तिलौराकोटमा भईरहेको उत्खननको केही दिन मै महत्पुर्ण पुरातात्विक बस्तुहरु फेला पर्न थालेका छन् । दोस्रो चरणको उत्खननमा प्राचिन चादीका मुद्राहरु, माटाका घैटो, हड्डी, माटाका बस्तुहरु लगायतका सामाग्रीहरु फेला परका छन् । यस्तै माटाका गेडाहरु, चुराका टुक्राहरु, हात्तीको सुड, आगाको अंगार लगायतका पुरातात्विक बस्तुहरु समेत भेटिएका छन् । बेलायतका दुई विश्व विद्यालय, पुरातत्व बिभाग र लुम्बिनी विकास कोषका संयुक्त टोलीले एकैसाथ चार स्थानमा उत्खनन र अन्वेषण गरिहेको छ । यसैक्रममा कन्थक स्तुप नजिकै उत्खननका क्रममा घैटो भित्र राखिएको अवस्थामा ४ सय ९४  चादीको पंचमार्क मुद्रा भेटिएको बरिष्ठ पुरातत्वबिद कोषप्रसाद आचार्यले बताउनुभयो । घैटोमा ४ सय ९१ र घैटो बाहिर माटोमा ३ सिक्का फेला परेका थिए । पंचाग मुद्राहरु सम्राट अशोककालीन तथा ईसापुर्व २ सय देखि ८ सय सम्म प्रयोगमा आएको हुन सक्ने अनुमान गरिएको छ । विज्ञसंग सल्लाह गरेर सिक्का सफा गरि प्रदर्शनका लागि संग्रहालयमा राखिने बताईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.