"2513058968709111" /> भिमगिठेमा २३ औँ गाउँ परीषद योजना तजुर्मा समितिको बैठक सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

भिमगिठेमा २३ औँ गाउँ परीषद योजना तजुर्मा समितिको बैठक सम्पन्न ।।

माघ ०२–
भिमगिठे गाउँ विकास समितिको २३ औँ गाउँ परीषद योजना तजुर्मा समितिको बैठक सम्पन्न भएको छ । साथै बैठककै अवसरमा भोली हुने गाउँपरीषदको उद्घाटन गरीएको छ । गाउँ परीषदको भिमगिठे गाउ विकास समितिका सचिव सुरज कुमार मलेपतिले उद्घाटन गर्नु भएको थियो । बैठकमा नेपाली काग्रेसका प्रतिनिधी रण बहादुर जिएम नेकपा एमालेका दिपक रायमाझी एकीकृत नेकपा माओवादीका प्रतिनिधी जित बहादुर थापा महिलाका तफबाट प्रतिनिधी गण्डकी थापा अधिकारी , भिमगिठे तेस्रंो लघुजलविद्युत आयोजनका अध्यक्ष दिपेन्द्र प्रताप केसी भिमगिठे प्रथम लघुजलविद्युत आयोजनका अध्यक्ष ढालेन्द्र रायमाझी समाजसेवी कमल अधिकारी , दिनेस शर्मा लगाएतले आफ्नो मन्तब्य राख्नु भएको थियो । मन्तब्य राख्ने अधिकांश बक्ताहरुले विनियोजन गरीने बजेटलाइ सर्वसम्मत र उपयुक्त विकासका लागी खर्च गर्नमा जोड दिएका थिए । बैठकको सञ्चालन स्थानिय समाजसेवी कृष्ण भट्राइले गर्नु भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.