आज राष्ट्रिय भूकम्प दिवस मनाइयो ।।
माघ ०२–
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरि देशभर मनाइयो । ‘नसोचेकै बेलामा आउँछ है भुईचालो, पुर्वतयारीमा जुट्ने हामी सबैको पालो’ भन्ने नारा सहितभूकम्पबाट जोगिन विभिन्न कार्यक्रम चेतना मुलक कार्यक्रम गर्न लागेको सरोकारवाला सङ्घसस्थाले जनाएका छन् । विक्रम सम्बत् १९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिएको छ । आज काठमाण्डुलगायत विभिन्न शहरहरुमा जनचेतना मुलक कार्यक्रम हुँदैछन् । भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वमै ११ औ स्थानमा पर्दछ । राजधानी काठमाडौ भूकम्पपछिको क्षतिका हिसाबले पहिलो स्थानमा रहेको भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले जानकारी दिनुभयो । ९० सालको जत्रो भूकम्प गएमा काठमाण्डुमा एक लाख व्यक्तिको मृत्यु, झण्डै तीन लाख घाइते हुने र ६० प्रतिशतभन्दा बढि घर कामै नलाग्ने गरी भत्कने विज्ञहरुले बताएका छन् । दिउँसो भूकम्पीय पूर्वाभ्यास गरिने भूकम्प प्रविधि समाजले जनाएको छ । यसैबिच १७ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा तेह्रथुममा ४२ जनाले रक्तदान गरेका छन् दिवसका अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयबासी समेतले गरी २ जना महिला सहित ४२ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रम रक्त सन्चार सेवा सुनसरीको प्राविधिक सहयोगमा नेपाल रेड्क्रस सोसाइटी तेह्रथुम शाखा र नारायणी नेशनल फाइनान्स लिमिटेडले आयोजना गरेका हुन् । रक्तदानबाट संकलित ४२ प्रिन्ट रगत रक्त सन्चार सेवा सुनसरीलाई जिम्मा लगाइएको नेपाल रेडक्रस सोसाइटी तेह्रथुम शाखाका अध्यक्ष भुपतिलाल श्रेष्ठले बताउनुभयो । दिवसका अवसरमा जिल्ला शाखाको आयोजनामा यस अघि सचेतनामुलक र्याली समेत सम्पन्न भएको थियो ।

No comments: