छोरीलाई कुटपिट गरेपछि आमाविरुद्ध छोरीको उजुरी ।।
माघ १४–
पूर्वी चितवनको जुटपानीकी एक महिलाले आफ्नै आमाविरुद्ध उजुरी दिनुभएको छ । तल्लो जातसँग बिहे गरेको भन्दै आमाले यातना दिए पछि उहाँले आफ्नै आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आज उजुरी दिनुभएको हो । उजुरीका आधारमा प्रहरीले आज तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमा धनमायाँ लोप्चन, दीदी शर्मिला लोप्चन र आइतीमायाँ तामाङ रहेका छन् । तल्लो जातको केटासँग गएको भन्दै विगत तीन वर्षदेखि यातना खेप्दै आउनुभएकी जुटपानी–७ सूर्यपुरकी २१ वर्षीया सङगीता लामालाई आमाले कुटपिट गरी घाइते नै बनाएपछि उहाँले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिनुभएको हो । हिजो उहाँलाई उपचारका लागि भरतपुर मेडिकल कलेज ल्याइएको थियो । चिकित्सकले उहाँको खुट्टाको गोलीगाँठामा हड्डी फुटेको भन्दै एक महिना आराम गर्नुपर्ने बताएका छन् । उहाँको टाउकोमा समेत चोट लागेको छ ।

No comments: