"2513058968709111" /> अर्घाखाँचीले लगाएको ठेक्कामाथि जिविसद्धारा कपिलवस्तु प्रतिवन्ध लगाउने प्रक्रिया शुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

अर्घाखाँचीले लगाएको ठेक्कामाथि जिविसद्धारा कपिलवस्तु प्रतिवन्ध लगाउने प्रक्रिया शुरु ।।

माघ १४–
नदीजन्य पदार्थ निकासीका लागि अर्घाखाँची जिविसले कोन्द्रे खोला र विक्रम सोतानाकामा लगाएको ठेक्काको निकासी रोक्ने प्रकृया अघि बढेको छ । कपिलवस्तुको वन क्षेत्र हुदै भई रहेको निकासी अविलम्ब रोक्न नदीजन्य पदार्थको जिल्ला अनुगमन समितीले जिल्ला वन कार्यालय कपिलवस्तुलाई निर्देशन दिएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी एवम नदीजन्य पदार्थको जिल्लास्थित अनुगमन समितीका संयोजक विनोद प्रकास सिंहले कपिलवस्तुको वन क्षेत्र हुदै भइरहेको निकासी  सूचना प्रकासित गरेर तत्काल रोक्न निर्देशन दिएको स्पष्ट पार्नुभयो । केहि दिन अघि अर्घाखाची र कपिलवस्तुका जिल्लाका स्थानीय विकास अधिकारीहरु बीच सहमति भई अर्घाखाचीले कपिलवस्तुको वाटोवाट निकासी सुचारु गर्दा कपिलवस्तुका प्राकृतिक श्रोत साधनको दुरुपयोग हुन नदिने प्रतिवद्धता ब्यक्त गरेको थियो । त्यो कामको कपिलवस्तुले अनुगमन गर्ने र दुरुपयोग भएको पाइए निकासी ठेक्कामा रोक लगाउने सहमति भएको थियो । यसै हप्ता अनुगमन गर्दा कपिलवस्तुको भूभागवाट अबैध किसीमले नदी जन्य पदार्थ चोरी निकासी भएको र सो कार्य अर्घाखाचीको ठेक्का लिने पक्षवाट भएको पाइएकाले निकासी मार्ग रोक्ने निष्कर्षमा पुगिएको कपिलवस्तुका स्थानीय विकास अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.