वामीलाई खुल्ला दिशा मुक्त घोषण गर्न वडा नम्बर ४ तथा ६कोे अनुगमन गरियो ।
अनिश गैरे , वामी गुल्मी
माघ ०३–
वामी वडा नम्बर ६ लाई खुल्ला दिशा मुक्त घोषणा गर्ने अभियान सँगै वडा नम्बर ६ का घरहरुमा शौचालयको अनुगमन गरिएको छ । वडा नम्बर ६का वडा सयाेंजक फन बहादुर रायमाझीको सयाेंजकत्वमा २ बिद्यालय सहित १२४ घरधुरीको अनुगमन गरिएको छ । जस अन्तर्गत सर्बहित प्राबि वामी दाल्का तथा देउराली प्राबि वामी देउरालीको पनि अनुगमन गरिएको छ । माघ २ गते देखी शुरु भएको अनुगमन कार्य आज सम्पन्न भएको छ । अनुगमनको क्रममा ९१ घरधुरीमा शौचालय निर्माण सम्पन्न भएको, २० घरधुरीमा निर्माणाधीन तथा १३ घरमा शौचालय निर्माण नभएको पाईएको छ । शौचालय निर्माण नभएका घरधुरीले माघ १५ सम्म निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरको कार्यक्रमको सयोंजक फन बहादुर रायमाझीले जानकारी दिनुभयो । वडा नम्बर ६ का पदाधिकारी तथा स्थानीय बासिन्दा हरु गरी २८ जनाको समुहमा अनुगमन गरिएको समेत उहाँले जानकारी दिनुभयो । जस अन्तर्गत नेत्र दर्लामी, कमानसिँह दर्लामी, इन्द्र बहादुर दलार्मी, मिन बहादुर रायमाझी, खिम बहादुर रायमाझी, नर बहादुर भण्डारी, रण बहादुर सुनार, अमर बहादुर नेपाली्, बल बहादुर नेपाली, हिरा बहादुर बोहोरा, मिना बोहोरा, चुरा बहादुर रायमाझी, शेष कुमारी कार्की, तुलसी रायमाझी, हेम कुमारी रायमाझी, पुतली सापकोटा, रिमा रायमाझी, गँगा रायमाझी, चमेली रायमाझी, रण बहादुर रायमाझी, महेश जीसी, कमल बहादुर खत्री, तारक बहादुर रायमाझी, महेन्द्र के.सी, तिल बहादुर केसी, सरस्वती रायमाझी तथा बम बहादुर बोहोरा लगायतको टोलीले अनुगमन गरको थियो । यसैबिच अनुगमन कर्ताहरुको सक्रियतामा वडा नम्बर ६ गोरीगाँ देखी वडा नम्बर ६ साजन बोट सम्म सरसफाई समेत गरिएको छ । जस अन्तर्गत त्यस क्षेत्रमा पर्ने प्लास्टीक, सीसा लगायतका बिषालु चीज हरुको ब्यबस्थापन गरिएको बताईएको छ । यस्तै गरी वामी ४ भलेकाका ११८ घरधुरीमा पनि अनुगमन गरिएको छ । वडा सयोजक ठग बहादुर खत्रीको सयोंजकत्वमा १४ सदस्यीय टोलीद्धारा अनुगमन गरिएको हो । अनुगमनमा करिब ९० घरधुरीमा पक्की शौचालय निर्माण भएको पाईएको छ, भने अन्य घरधुरीमा शौचालय निर्माणधीन रहेको पाईएको छ । शौचालय निर्माण नभएका घरधुरीलाई माघ २० सम्म शौचालय निर्माण गर्न निर्देशन दिईएको सामाजीक परिचालीका गँगा रायमाझीले जानकारी दिनुभयो । साथै शौचालय निर्माण नगरेमा गाबिस, बन, बिद्यालयबाट प्राप्त हुँने सम्पुर्ण सेबा सुबिधाबाट बञ्चित गरिने समेत निर्देशन दिईएको उहाँले बताउनु भयो । अनुगमनमा उज्जवल खत्री, अर्जुन बिक, नर बहादुर बिक, तेजेन्द्र सापकोटा, महेन्द्र नेपाली, सीप बहादुर नेपाली, गँग बहादुर रायमाझी, जमुना सापकोटा, नबीन सापकोटा, नरबहादुर नेपाली, सीता गौतम, उजेली नेपाली लगायतको सहभागीता रहेको थियो । साथै वामी गाबिसका अन्य वडा हरुमा पनि माघ मसान्त सम्म शौचालय निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

No comments: